काठमाडौँ — वैदेशिक रोजगारीमा ७ लाख ४१ हजार २ सय ९७ जना नेपाली श्रमिक गएका छन् । जसमा ८० हजार महिला श्रमिक छन् । यो २०७९/८० को आर्थिक वर्षको तुलनामा ३.८८ प्रतिशतले कम हो ।वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति लिई म्यानपावर कम्पनीमार्फत जानेहरूमा तीन लाख ५३ हजार जना रहेका छन् । व्यक्तिगत पहुँचको आधारमा ९५ हजार ३८ जना गएका छन् । वैदेशिक रोजगारीमा गई वार्षिक बिदामा आएर श्रम नवीकरण गर्नेहरूमा दुई लाख ८१ हजार रहेका छन् ।विभागमा प्रवक्ता गुरुदत्त सुवेदीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा २९ हजार ९ सय ३० जना कम गएको हो । अघिल्लो आर्थिक वर्षमा ७ लाख ७१ हजार नेपाली श्रमिक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारी गएका थिए । जुन सबैभन्दा बढी हो ।
मलेसिया र कतारले श्रमिक लैजान कटौती गरेपछि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको हो । मलेसियाले दुई महिनादेखि श्रमिक लैजान पूर्णरुपमा बन्द गरेको छ भने कतारले विश्वकप पछि श्रमिक लैजान कटौती गरिरहेको छ ।
Trending Now
- Canadian PM Justin Trudeau announces his resignation as leader of ruling Liberal Party
- Bangladesh: ICT issues arrest warrant against Hasina, 10 others
- A Chinese planes entered Taiwan’s border for the third day in a row
- Consul Khadka was awarded the ‘Order of Merit Award’ by the New Zealand government
- Hamas ready to release 34 hostages, deal talks with Israel continue
- Heavy snow in UK and Germany, life affected
- Singapore to build ‘hydrogen generator’ by 2029
- Heavy snowfall in the US, emergency declared in 7 states.
- भाटभाटेनीसुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर्सले ४ अर्ब ३६ करोड बढी कर तिर्नुपर्ने
- प्रधानमन्त्री ओलीले माओवादी नेतृत्वको पूर्ववर्ती सरकारले भ्रष्टाचार विरुद्ध कुनै अभियान नचलाएको दाबी
Comments are closed.