रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले मानव स्वास्थ्य माथि प्रतिकूल असर पर्ने डिजे साउण्ड सिस्टम नबजाउन अनुरोध गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले सूचना जारी गर्दै डिजे साउण्ड सिस्टम नबजाउन जनसमुदायलाई आग्रह गरेको हो ।
बेवास्ता गर्ने लाई कडा कार्वाही गर्ने चेतावनी समेत दिइएको छ । रौतहट जिल्लाको सार्वजनिक सडक, बिद्यालय, सरकारी कार्यालय लगायत स्थानमा मानव स्वास्थमा जोखिम बढ्ने गरी डिजे साउण्ड सिस्टम बाट चर्को आवाजमा अभद्र उच्छृंखल प्रकारको संगीत बजाएको देखिएको छ। त्यस्तो गीतको कारण सामाजिक तनाव, द्वन्दको अवस्था श्रृजना गरेको छ । सामाजमा मानसिक तथा शारीरिक स्वास्थ्यमा समस्या उत्पन्न भएर झैझगडाको घटना बढेको, विद्यार्थीको पठनपाठन, सरकारी कार्यालयको कामकाजमा असर परेको र ध्वनि प्रदुषणले जनस्वास्थ्यमा प्रतिकूल असर परेको पटकपटक गुनासो आएको हुँदा डिजे साउण्ड सिस्टम न बजाउन प्रहरीले अनुरोध गरेको छ ।
डिजेको ध्वनिबाट महिला, पुरुष, वृद्ध वृद्धा, गर्भवती,बालबालिकाको स्वास्थमा समेत गम्भीर असर परेको हुँदा सबै सचेत रहन आग्रह गरिएको छ । आग्रहको बेवास्ता गरेको पाइएमा कानुन अनुसार डिजे सहितको सामान जफत गरी कडा कार्वाही गरिने छ ।
बाताबरण संरक्षण एन २०७६ को परिच्छेद ३ को दफा १५ को उप दफा १ बमोजिम डिजे बजाउने लाई न्यूनतम ५ लाख देखि अधिकतम ५० लाखसम्म जरिवाना तथा क्षतिपूर्तिको व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता तथा डिएसपी एलिजा गिरी द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
Trending Now
- वनिताद्वारा विभिन्न पुरस्कारको घोषणा
- कुलमान घिसिङ समर्थकको प्रदर्शन जारी, तस्बिरहरू
- डा. राजेन्द्र विमल प्रतिष्ठानद्वारा दुई सर्जक सम्मानित
- विश्व बैंकले नेपाललाई १५० मिलियन डलर सहयोग उपलब्ध गराउने
- Myanmar earthquake: Death toll rises to 1,644, rescue efforts challenged
- नेपालबाट चोरी भएर अमेरिका पुगेका २१ पुरातात्विक वस्तु स्वदेश ल्याइयो
- घोराहीमा बहुभाषिक काव्य उत्सव तथा स्रष्टा सम्मान
- सिलवालको ‘डोरम्याट’ कवितासंग्रहक माथि परिचर्चा सम्पन्न
- USAID ‘restructuring’ announced
- प्रकाशको ‘भेट भए छुट्न गाह्रो’ गीत सार्वजनिक
Comments are closed.