काठमाडौ । मदन नेपालको मुक्तकसंग्रह ‘मनीषा’ लोकार्पण गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा साहित्यकार विजयध्वज थापा, ज्ञानुवाकर पौडेल, प्रा.डा. गोविन्द मानसिंह कार्की, मुक्तक प्रतिष्ठानका अध्यक्ष रामप्रसाद कोने, शैलेन्द्र कुमार थापा लगायतले कृति लोकार्पण गरेका थिए ।
हामी र हाम्रो कृति समाजको आयोजनामा भएको कार्यक्रममा प्राडा. गोविन्दमान सिंह कार्कीले कृति माथि समीक्षा गर्दै मनीषा अरु नेपाली साहित्य बजारमा प्रकाशित गरिएका मुक्तकसंग्रह भन्दा विल्कुल फरक ढंगले आएको बताए । यस कृतिमा मुक्तकको सैद्धान्तिक पक्ष सहित विभिन्न अग्रज र समकालीन मुक्तककारहरुले दिएका शब्दहरुमा मुक्तककारले सृजना गरेको बताए । यसमा उनीहरुको संक्षिप्त परिचय समेत राखिएको जानकारी दिए । हरेक मुक्तकमा विश्लेषण समेत पस्किएकोले मुक्तकसँग्रह पठनीय भएको उनले बताए ।
शुभकामना मन्तब्य राख्दै मुक्तक प्रतिष्ठानका अध्यक्ष रामप्रसाद कोनेले स्रष्टाको कार्यको उच्च प्रशंसा गर्दै ढिलो आएको तर सुन्दर कृति आएको टिप्पणी गरे । यसैगरी विभिन्न कविहरुले मनीषामा समावेश मुक्तकहरु बाचन गरेको उक्त कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले शुभकामना मन्तब्य व्यक्त गर्दै असल कार्यको निम्ति मदन नेपाल धन्यवादका पात्र भएको बताए । मनीषाका स्रष्टाले रचनागर्भ सहित आफ्ना अनुभूतिहरु ब्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार विजयध्वज थापाले असल कर्ममा आफ्नो तर्फबाट सदा साथ सहयोग रहने बताए । कृतिको निम्ति मदन नेपाललाई उनले बधाइ पनि दिए ।
भुवन शिवाकोटी चौघरेको सञ्चालनमा भएको उक्त कार्यक्रममा आयोजक संस्थाकी उपाध्यक्ष नम्रता उप्रेतीले स्वागत मन्तब्य राख्नुभएको थियो ।
२सय ५१ वटा मुक्तकहरु समावेश भएको उक्त कृति हामी र हाम्रो कृति समाजले प्रकाशन गरेको हो ।
Trending Now
- एघार करोडको चिया झापाबाट निर्यात
- Finland, Sweden and Norway issue war alert, urge citizens to avoid Russian attack
- The US was angry after the court issued an arrest warrant for Netanyahu
- दुर्गा प्रसाईं समर्थकद्वारा कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरू
- रम्बास कविता: विश्वभ्रमण
- Russia fires intercontinental ballistic missile at Ukraine
- चलचित्र तेल भिसा र अग्निदहन आजदेखि प्रदर्शन हुँदै
- जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचित
- More than 40 killed in attack by unknown gunmen in Pakistan
- प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी, आजै रक्षामन्त्रीलाई पनि भेट्ने
Comments are closed.