काठमाडौं । भारतमा आज ७८ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक वर्षको अगस्ट १५ तारिखका दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।राष्ट्रपति द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा सम्बोधन गर्दै भारतको अर्थतन्त्रको प्रगतिको कामना गरिन् ।प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको ऐतिहासिक लालकिल्लाबाट आज ७८ औं स्वतन्त्रता दिवस मनाउन राष्ट्रको नेतृत्व गर्ने बताइएको छ ।
यस वर्ष लालकिल्लामा मनाइने कार्यक्रममा झन्डै ६ हजार जना विशेष अतिथिलाई आमन्त्रण गरिएको छ ।कार्यक्रममा विभिन्न राज्य-केन्द्र शासित प्रदेशहरूका लगभग दुई हजार परम्परागत पोशाकमा सजिएका मानिसलाई पनि भव्य समारोहमा आमन्त्रित गरिएको छ ।
Trending Now
- २०८१ साल : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
- जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
Comments are closed.