काठमाडौं । तनहुँको आँबुखैरेनी स्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा एउटा यात्रुवाहक बस खसेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको बस खसेको हो । शुक्रबार बिहान करिब ११ः३० बजे आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो ।
बसमा भारतीय पर्यटक रहेको बताइएको छ । बसमा कति यात्रु थिए भन्ने खुल्न सकेको छैन । सो बसमा करिब ४० यात्रु रहेको अनुमान गरिएको छ । घटनास्थलमा नेपा प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको छ ।
Trending Now
- सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
- पत्रकारलाई प्रधानन्यायाधीशको आग्रह- समाचार सनसनीपूर्ण नबनाइदिनू
- अमेरिकामा क्यान्सरसँग संघर्षरत नेपाली युवा विवेक पंगेनीको उपचारका क्रममा हिजो दु:खद निधन
- Israel Expands Military Operations with Airstrikes in Yemen
- Knighthood awarded to director Christopher Nolan, becoming ‘Sir’ Christopher Nolan
- Russian oil spill pollutes 50 km of Krishna Sea coast
- गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
- TIPF agreement between Nepal and Korea
- At least 100 North Korean soldiers die in Ukraine war
- Again the date of Sunita and Butch’s return to Earth is uncertain
Comments are closed.