काठमाडौं । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी) नेपाल राष्ट्रिय समितिको अध्यक्षमा राजेशकाजी श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
संस्थाको विशेष साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो । सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरूको सर्वोच्च सो संस्थामा १ सय ७० देशका करिब ४ लाख ५० हजार सदस्य रहेका छन् ।
आईसीसी नेपालको निवर्तमान अध्यक्षमा सुरेन्द्रवीर मालाकार हुनुहुन्छ । वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघ–संस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरूको तर्फबाट उपाध्यक्षमा गणेश कार्की, बैङ्किङ क्षेत्रको उपाध्यक्षमा सुनिल केसी, बिमा क्षेत्रको उपाध्यक्षमा चंकी क्षेत्री, एशोसियट कम्पनीहरूको तर्फबाट उपाध्यक्षमा राजेन्द्र अर्याल, पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल, मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा निर्वाचित हुनुभएको छ ।
संस्थाको महासचिवमा नरेश श्रेष्ठ, कोषाध्यक्षमा कुशप्रसाद मल्ली तथा सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे निर्वाचित हुनुभएको छ । कार्यसमिति सदस्यहरूमा ज्ञानेन्द्र ढुङ्गाना, अशोक शेरचन, अशोक अग्रवाल, मीनबहादुर गुरुङ, अर्जुन शर्मा, सुदेश खालिङ, रमेश शर्मा, सुदर्शन चापागाईँ, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुसन कर्माचार्य, देशबन्धु बस्नेत, पवित्रकुमार कार्की, रविचन्द्र सिंह, विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर, सुजन श्रेष्ठ, विप्लव पौडेल, दीपक कुमार श्रेष्ठ तथा पोषकराज पौडेल निर्वाचित हुनुभएको छ ।
श्रेष्ठले अध्यक्ष निर्वाचित भएपछि नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि आईसीसीले सरकार, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र, एवं कानुन निर्माता एवं विभिन्न व्यावसायिक संस्थासँग मिलेर समन्वयात्मक ढंगले कार्य गर्ने बताउनुभयो । आईसीसी लगायत विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूको ध्यान नेपालमा लगानी प्रवर्द्धन गर्न तथा नेपालबाट निर्यात प्रवर्द्धनका साथै पर्यटन प्रवर्द्धन गर्न, देशभित्र र बाहिर परिआउने व्यावसायिक विवादहरूको मध्यस्थताका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा केन्द्रित हुने बताउनुभयो । सबैका लागि शान्ति, समृद्धि र अवसरलाई बढवा दिन खुला अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रणालीलाई बढवा दिएर हरेक दिन हरेक व्यवसाय र हरेक क्षेत्रका व्यवसायका लागि कार्य गर्नु आईसीसीको मुख्य उद्देश्य रहेको उहाँले प्रष्ट पार्नुभयो ।
Trending Now
- वनिताद्वारा विभिन्न पुरस्कारको घोषणा
- कुलमान घिसिङ समर्थकको प्रदर्शन जारी, तस्बिरहरू
- डा. राजेन्द्र विमल प्रतिष्ठानद्वारा दुई सर्जक सम्मानित
- विश्व बैंकले नेपाललाई १५० मिलियन डलर सहयोग उपलब्ध गराउने
- Myanmar earthquake: Death toll rises to 1,644, rescue efforts challenged
- नेपालबाट चोरी भएर अमेरिका पुगेका २१ पुरातात्विक वस्तु स्वदेश ल्याइयो
- घोराहीमा बहुभाषिक काव्य उत्सव तथा स्रष्टा सम्मान
- सिलवालको ‘डोरम्याट’ कवितासंग्रहक माथि परिचर्चा सम्पन्न
- USAID ‘restructuring’ announced
- प्रकाशको ‘भेट भए छुट्न गाह्रो’ गीत सार्वजनिक
Comments are closed.