काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले चिनियाँ सहयोग परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)का विषयमा पार्टीको आधिकारिक धारणा तय गर्न बैठक सुरु गरेका छन्।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकमा देउवासहित पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, र कृष्णप्रसाद सिटौलालगायत सहभागी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको पृष्ठभूमिमा बीआरआईको विषयमा बहस तीव्र बनेको छ । कांग्रेसले यसअघि नै बीआरआईअन्तर्गत ऋण लिने विषयमा असहमति जनाउँदै अनुदानकै रूपमा मात्र सहयोग स्वीकार्य हुने अडान लिएको थियो ।
आजको बैठकले बीआरआईसम्बन्धी अन्तिम निर्णय लिने र सत्ता साझेदार दल नेकपा एमालेलाई आफ्नो धारणा जानकारी गराउने तयारी गरेको छ । प्रधानमन्त्री ओली मंसिर १७ मा चीन भ्रमणमा जाने कार्यक्रम तय भएपनि भ्रमणको क्रममा बीआरआई सम्झौता ऋण कि अनुदान भन्ने विषय अझै विवादित बनेको छ ।
कांग्रेसको धारणा ऋण स्वीकार्य नहुनेतर्फ स्पष्ट छ भने एमालेसहितका वामपन्थी दलहरूले ऋण वा अनुदान जे भए पनि स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री ओलीले भने सार्वजनिक रूपमा भ्रमणका क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारिसकेका छन् ।
यस बैठकले बीआरआईबारे नेपाली कांग्रेसको आधिकारिक निर्णयलाई थप प्रष्ट पार्ने अपेक्षा गरिएको छ।
Trending Now
- होम कार्कीलाई अनेसास शिखर पुरस्कार प्रदान
- ‘१३ औं नेपाल अफ्रिका चलचित्र महोत्सव २०२५’काठमाडौंमा हुने
- एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान
- Diplomatic settlement of Ukraine crisis not possible immediately: Russian Foreign Minister Sergei
- Walton and Babar arrive in Nepal to play for Karnali Yaks
- काठमाडौं महानगरले सुरु गर्यो निःशुल्क भिडियो एक्स–रे
- लैङ्गिक हिंसापीडितलाई सेवा सुविधा दिन छाता ऐनको आवश्यकता
- मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँँ : मन्त्री पौडेल
- The temperature in Kathmandu Valley is continuously decreasing
- Agreement to end the war between Israel and Lebanon