काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको समीक्षा गर्न मन्त्री र सचिवहरुलाई बोलाएका छन् । प्रधानमन्त्रीले सरकारका कामको त्रैमाशिक समीक्षाका लागि भन्दै मन्त्री र मन्त्रालयका सचिवसहितको बैठक बोलाएका हुन् ।
बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाइएको छ । चालु आर्थिक वर्षमा सरकारले गरेका कामहरुको समीक्षा गर्ने प्रधानमन्त्रीको तयारी छ । त्यस्तै अर्थतन्त्र सुधार उन्मुख गएको भनिएको, तर बजारमा महसुस हुन नसकेको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
बैठकमा सरकारको काम प्रभावकारी हुन नसक्नुका कारण, जनतामा बढ्दै गएको निराशा लगायतका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Trending Now
- सर्जकहरूलाई सम्मान र पुरस्कारहरूको घोषणा
- NASA unveils new crew for space mission
- More than one lakh tourists came to Nepal in March
- आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै शिक्षक महासंघ
- धानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदै
- पत्रकार रजकलाई गोली नलागेको पुष्टि
- निर्दोष नागरिकमाथि गोली हान्न पाइँदैन, प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्नुपर्छ : ज्ञानेन्द्र शाही
- तीनकुनेमा मारिएका सविनको पशुपतिमा अन्तिम दाहसंस्कार
- काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा
- म्यानमार र थाइल्याण्डपछि पाकिस्तान र अफगानिस्तानमा भूकम्प
Comments are closed.