नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर भएको छ । मंगलबार चीनको बेइजिङमा उक्त हस्ताक्षर भएको हो ।

नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुईपक्षीय वार्तापछि उनीहरूको उपस्थितिमा आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको चारदिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल सोमबार (हिजो) बेइजिङ पुगेको हो ।

हस्ताक्षरअघि प्रधानमन्त्री ओलीलाई लीले ग्रेट हल अफ पिपलमा आयोजित समारोहमा स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अरू चिनियाँ नेता पनि सहभागी थिए ।
प्रधानमन्त्री ओलीले समकक्षी लीलाई आफ्नो भ्रमण दलका सदस्यको परिचय गराएका थिए । चिनियाँ प्रधानमन्त्रीले पनि आफ्ना अरू नेताको परिचय गराएका परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

त्यसलगत्तै दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता भएको थियो ।

Leave A Reply

Your email address will not be published.