काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बारा जिल्लास्थित प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’ को आज शभाराम्भ गरेका छन् । गढीमाई मन्दिर परिसरमा आयोजित विशेष समारोहमा उनले मेला शुभाराम्भ गर्नुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उक्त अवसरमा उपराष्ट्रपति यादवले धर्मपत्नी चम्पादेवी र परिवारका अन्य सदस्यसहित गढीमाई मन्दिरको दर्शन तथा पूजा आराधना गरे । उपराष्ट्रपति यादवलाई मन्दिर परिसरमा पूर्वमन्त्री, पूर्वसांसद्, स्थानीय सुरक्षा अधिकारी, गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका पदाधिकारी, सम्बन्धित नगरपालिका तथा बाराका अन्य पालिकाका जनप्रतिनिधि तथा उपस्थित श्रद्धालु भक्तजनले स्वागत गरेका थिए ।
उपराष्ट्रपति यादवले गढीमाई मेलाको अवलोकन गर्नुका साथै मेलाको व्यवस्थापनबारे मूल समितिका अध्यक्ष उपेन्द्रप्रसाद यादवसहितका पदाधिकारी तथा सुरक्षाकर्मीसँग जानकारी लिँदै मेला सफलताको कामना गर्नुभएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।
Trending Now
- माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो
- ललितपुरमा फिल्म साउथ एसिया महोत्सव, ४७ वटा लघु चलचित्र देखाइने
- Russia launches ‘Condor-FKA radar’ satellite
- One lakh 73 thousand tourists in Mustang in two months
- Nepal and China signed BRI Framework
- स्थानीय तह उपनिर्वाचनको नतिजालाई सकारात्मक रुपमा लिए: महामन्त्री शर्मा
- प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान-२०८१ युवा कवि मनोज भण्डारीलाई
- If Israeli hostages are not released from Gaza, the Middle East will be seriously damaged: Trump
- Mass demonstrations in South Korea, US high alert to its citizens
- The African country of Namibia got its first female president