शोभा पाठकलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेकी शोभा पाठकलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।राजकुमार त्रिपाठीको जाहेरीले उनी सोमबार पक्राउ परेकी थिइन् । पुर्जी जारी भएसँगै पक्राउ परेकी उनी हाल प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेकी छिन् ।उनी नेकपा एमालेका नेता महेश बस्नेतलाई बलात्कारको आरोप लगाउँदै आएकी थिइन् ।
Leave A Reply

Your email address will not be published.