काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टी ( रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको संसद पद निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले संसद् सचिवालयलाई पत्र पठाएको छ । संसदलाई लेखेको कास्की प्रहरीको उक्त पत्र प्रहरी प्रधान कार्यालय र गण्डकी प्रहरीलाईसमते बोधार्थ लेखिएको छ ।संसद् सचिवालयका रविलाई निलम्बन गर्न लेखेको पत्र आइतबारै आइपुगेको छ। उक्त पत्र आइतबार अबेर मात्रै आएकोले यसविषयमा अब सोमबार प्रक्रिया अघि बढ्ने संसद सचिवालयले जानकारी दिएको छ ।सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने संलग्न रहेको भन्दै निलम्बन माग भएको हो । रविलाई ३१ करोड २६ लाख रुपैयाँको बिगो दाबी गर्दै आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।
Trending Now
- Newly appointed ambassadors sworn in by President Shri Ramchandra Poudel
- Russian President Proclaims Revenge for Ukraine Drone Strike
- आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत
- पनौतीका केही जात्रापर्वहरुको पुस्तक तेस्रो संस्करण सार्वजनिक
- 2024 ‘hottest year’
- Plane crash in Brazil kills 10, injures 17
- Five ambassadors take oath
- 72 billion and 93 crore rupees assistance in improvement of electricity transmission and distribution system
- Significant increase in foreign aid commitments, two billion received in five months
- सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक