पनौतीका केही जात्रापर्वहरुको पुस्तक तेस्रो संस्करण सार्वजनिक

पनौती/साहित्यकार एवं संस्कृतिकर्मी सुर्यप्रसाद लाकोजूद्धारा लिखित पनौतीका केही जात्रापर्वहरुको तेस्रो संस्करण लोकार्पण संस्कृति, पर्यटन तथा नागरिक उडयन संघिय मन्त्री माननीय बद्रि प्रसाद पाण्डेले एक कार्यक्रम बीच गरेका छन । उहाँले संस्कृति र प्रकृतिमा नेपाल सम्पन्न रहेकोले नेपाललाई पर्यटकीय गन्तव्य बनाउनु पर्ने विचार व्यक्त गर्नुभयो । साथै सास्कृतिक सम्पदालाई जीवन्त दिनका लागि लोकार्पित पुस्तक महत्वपुर्ण हुने उहाँको विश्वास छ ।

पुस्तकमा पनौती नगरपालिकाभित्र प्रचलनमा रहेका र लोप भइसकेका विभिन्न जात्रापर्वहरुको बारेमा उल्लेख गरिएको छ । पुस्तकलाई पनौतीको परिचय र ऐतिहासिक पृष्ठभूमि, पनौतीका केही जात्राहरु, पनौतीका केही उल्लेखनीय पर्वहरु, पनौतीका प्रचलित केही उल्लेखनीय नाचहरु र हाल प्रचलनमा नरहेका केहि जात्रापर्वहरु गरि पाँच खण्डमा विभाजन गरिएको छ ।

त्यस्तै समालोचक तथा चिन्तक मधु आचार्यले पुस्तकमा संस्कृति र जात्रापर्वको सामान्य वर्णन मात्र नरहेको त्यसको वैज्ञानिक विश्लेषण पनि रहेकोले पुस्तक पठनीय रहेको बताउनुभयो । कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, सप्तलाल तथा श्रीराम स्मृति प्रतिष्ठानको संस्थापक अध्यक्ष तथा पूर्व सांसद शिव हुमागाई, प्रदेश शभा साँसद तीर्थ लामा लगायतले मन्तव्य पोख्नुभएको थियो । सप्तलाल तथा श्रीराम स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न सो कार्यक्रममा समाजसेवी महेश कर्माचार्य, प्रेमबहादुर महाजू र इन्द्रकुमारी खड्कालाई सम्मान समेत गरिएको थियो ।

 

Leave A Reply

Your email address will not be published.