काठमाडौं । गत भदौदेखि रोकिएको इजरायलमा श्रमिक पठाउने प्रक्रिया सुरू भएको छ । छनोट भएका श्रमिकहरूको स्वास्थ्य परीक्षण सुरू भएसँगै प्रक्रिया अघि बढेको हो ।योग्यता पुगेका ३ हजार ४६१ मध्ये गोलाप्रथाबाट २ हजार ११२ जना छनोट गरिएको थियो । पहिलो चरणमा एक हजार जना केयर गिभरका रूपमा इजरायल जाने छन् । बाँकी श्रमिक पछि लैजाने इजरायल सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयको सहमतिपछि प्रक्रिया अघि बढेको हो ।
यसअघि इजरायल र हिजबुल्लाहबीचको लडाइँले तनाव बढेपछि श्रमिक पठाउने प्रक्रिया स्थागित भएको थियो । नेपाल सरकार र इजरायलबीचको श्रम सम्झौता अनुसार सरकारी संयन्त्र मार्फत् दीर्घकालीन स्याहार केन्द्रमा श्रमिक पठाइने छ । अहिले १३ सय भन्दा धेरै श्रमिक दीर्घकालीन स्याहार केन्द्रमा काम गरिरहेका छन् ।
Trending Now
- North Korea is building the largest warship ever
- प्राडा मोहनप्रसाद तिमल्सिना अभिनन्दन ग्रन्थ लोकार्पण
- भण्डारीको ‘दिए पुग्छ’ कृति लोकार्पण
- अमेरिकी पप गायिका केटी पेरीसमेत ६ जना महिलाको टोली अन्तरिक्षको यात्रा गरेर फर्कियो
- China has developed the world’s first medical drone
- More than 200 media workers killed in Israeli strikes
- कक्षा १२ को परीक्षामा सहयोग नगर्न शिक्षक–कर्मचारीहरूलाई महासंघको आग्रह
- भक्तपुरमा बिस्का जात्रा अन्तर्गत पर्ने सिन्दुर जात्रा सम्पन्न
- काठमाडौंमा सुरु भयो १८–डी सिनेमा
- स्रष्टा चैत्र ३०’ सम्मानबाट प्रा.डा. ज्ञानु पाण्डे र डा. विजय सुब्बा सम्मानित
Comments are closed.