काठमाडौं – नेपाल पत्रकार महासंघले धरानका मेयर हर्क साम्पाङलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकसमक्ष माग गरेको छ ।महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गृहमन्त्री लेखकलाई आज मन्त्रालयमा भेटेर यस्तो माग गरेको हो ।
प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कानुनी कारबाही गर्न नेपाल सरकारसँग माग गरिन् ।पत्रमा सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहाललाई समाचार लेखेकै कारण गालीगलौज गर्ने धम्की दिने र थप समाचार लेख्नै नदिनेसम्मका हर्कत गर्नेविरुद्ध राज्यले कुनै कारबाही नगर्नुले राज्यको प्रेस स्वतन्त्रताप्रतिको दुष्टिकोणमै प्रश्न उठिरहेको उल्लेख छ ।सो प्रतिवेदनमा धरानका मेयर हर्क साम्पाङ र उनका समर्थकले दाहाललाई समाचार लेखेकै कारण ज्यान लिनेसम्मको धम्की दिएको उल्लेख छ ।महासंघको पत्रमा प्रेस स्वतन्त्रता हननका घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन आग्रह गरिएको छ ।
Trending Now
- पुडुचेरीका विधायकहरू पोखरामा
- थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो
- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
- भुटानी शरणार्थी प्रकरण : बेचन झाको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश
- तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१’ सम्पन्न, क-कस्ले पाए अवार्ड ?
- ओबीसी आरक्षण लागू गर्न माग गर्दै आन्दोलन सुरु
- Signing of MoU by Water Minister Yadav and Indian Jal Shakti Minister Patil regarding development of residential area
- चलचित्र ‘प्रेम पूजा” सार्वजनिक
- दक्षिणकाली काव्य उत्सव सम्पन्न : तीन स्रष्टा सम्मानित
- लागूऔषध विरूद्धको महाअभियान शुभारम्भ
Comments are closed.