काठमाडौँ– मातृभाषा दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिका वडा नम्बर २२ द्वारा आज एक भव्य मातृभाषा कविता उत्सवको आयोजना गरियो। मातृभाषाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले स्थानीय कविहरूलाई सम्मान गर्दै मातृभाषाको महत्त्वलाई उजागर गर्यो।
उक्त उत्सवमा वडा नम्बर २२ भित्रका वरिष्ठ कविहरू पुष्प चित्रकार, सुवर्णकेशरी चित्रकार, निरञ्जनरत्न शाक्य, नवीन चित्रकार र श्रीराम श्रेष्ठलाई मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो। साहित्य र कविताको क्षेत्रमा उल्लेखनीय योगदान दिएका यी कविहरूले मातृभाषामा रचित आफ्ना सशक्त रचनाहरू वाचन गरेर दर्शक-श्रोताको मन जितेका थिए।
कार्यक्रममा विभिन्न मातृभाषाका २५ जना नेपाली भाषा, नेपाल भाषा, बाम्बुले राई भाषा, तामाङ भाषा, भोजपुरी, मैथिली भाषाका कविहरूले आ-आफ्ना रचनाहरू प्रस्तुत गरे, जसले नेपालका बहुभाषिक संस्कृति र साहित्यिक समृद्धिको झलक प्रस्तुत गर्यो। कामपा २२ नम्बर वडाका वडाध्यक्ष चिनी काजी महर्जनको अध्यक्षता र भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरको प्रमुख आतिथ्यता तथा विभिन्न साहित्यिक र संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको सो अवसरमा मातृभाषाको संरक्षण र प्रवर्द्धनको आवश्यकता विशेष रूपमा उठाइएको थियो।
मातृभाषामा लेखिएका कविताहरूको वाचन तथा सम्मान कार्यक्रमले मातृभाषाको सौन्दर्य र महत्वलाई पुनः एक पटक उजागर गर्दै सम्पूर्ण उपस्थित साहित्य अनुरागीहरूलाई उत्साहित बनायो।
Trending Now
- नारायणगोपाल संगीत पुरस्कार २०८१ घोषणा
- NASA, SpaceX to launch new crew mission
- पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
- रामेछापमा रोकिएका मध्ये ३६० पर्यटक सोलु पुगे
- खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु
- प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
- नेपाल शिक्षक महासंघले गर्यो आमशैक्षिक हडतालको घोषणा, एसइईकाे कपि नजाँच्न
- Russian missile strike on Ukrainian president’s hometown: 18 dead, including 9 children, 61 injured
- खोटाङमा निर्माण ११० फिट अग्लो यलम्बरको शालिक
- वायु प्रदूषणमा सुधार नआएसम्म विद्यालय बन्द गर्न विज्ञहरूको सुझाव
Comments are closed.