सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदै छ कारोबार?

काठमाडौँ –– नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य हालसम्मकै उच्च भएको छ।

आज एकैपटक तोलामा चार हजार रुपैयाँले सुनको मूल्य बढेको हो। नयाँ रेकर्ड अनुसार सुन तोलाको झण्डै पौने २ लाख रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनमा चार हजार बढेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको छ। यसअघि सुनको मूल्य १ लाख ७१ हजार रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्यको मूल्य पनि बढेको छ। तोलामा २ हजार रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर २ हजार ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

Leave A Reply

Your email address will not be published.