काठमाडौं । पाकिस्तानी सेनाले तीन सयजनालाई उद्धार गरेको छ । बलुचिस्तान प्रान्तमा यात्रुवाहक रेलमा भएको आतंकवादी आक्रमणपछि बन्धक बनाइएका तीन सयजनालाई उद्धार गरेको पाकिस्तानी सेनाले बताएको छ ।
अधिकारीहरूले रेलमा सवारमध्ये सय सुरक्षाकर्मी रहेको बीबीसीले जनाएको छ । सैनिक प्रवक्ताले सैन्य कारबाहीमा ३३ जना अतिवादी मारिएको बताएका छन् ।
उनका अनुसार सैन्य कारबाही सुरु हुनुभन्दा पहिले बलुचिस्तान लिबरेशन आर्मीले २१ सर्वसाधारण र चार सैनिकलाई गोली हानी मारेको थियो ।
सेनाले अझै पनि उक्त क्षेत्रमा खोजी अभियान चलाइरहको छ । स्थानीय रिपोर्टहरूले बताएअनुसार यदि अधिकारीहरूले ४८ घण्टाभित्र बलुच राजनीतिक बन्दीहरूलाई रिहा नगरेमा अतिवादीहरूले बन्धकहरूलाई मार्ने धम्की दिएका थिए ।
मंगलबार क्वेटाबाट पेशावर जाँदै गरेको नौ कोच भएको यात्रुवाहक रेल जाफर एक्सप्रेसमा आक्रमण हुँदा चार सयभन्दा बढी यात्रु सवार थिए ।
Trending Now
- भुवन मास्के ‘मुस्कान’ को ‘समय र अनुभूति’ सार्वजनिक
- पाकिस्तानमा यात्रुवाहक रेलबाट ३०० बन्धकको उद्धार, ३३ अतिवादी मारिए
- चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान
- काभ्रेमा विश्व युवा महोत्सव हुँदै
- विजय चालिसे र पवन आलोकलाई “शङ्कर लामिछाने पुरस्कार” प्रदान गरिने
- होमनाथ सुवेदीलाई अभिनन्दन, पूनम काफ्लेलाई लोकप्रिया पुरस्कार र तीन निबन्धकारहरू पुरस्कृत
- Putin sets tough conditions for Ukraine ceasefire
- Ghulam Ali in Kathmandu, Lalitpur to resound on Saturday
- चैत २ देखि चितवनमा राष्ट्रिय महिला फुटबल हुँदै
- सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदै छ कारोबार?