Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

एकध्रुवीय युग समाप्त : पुटिन ‘

Editorial Team by Editorial Team
June 19, 2022
in News, World
0
एकध्रुवीय युग समाप्त : पुटिन ‘
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

५ अषाढ, मस्को : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वमा एकध्रुवीय युग समाप्त भएको घोषणा गरेका छन्।

रूसले विश्वलाई आणविक हतियारको धम्की नदिएको पनि पुटिनले स्पष्ट पारे। उनले रूसले आफ्नो सार्वभौमसत्ताको रक्षाका लागि यस्ता हतियार निश्चित रूपमा प्रयोग गर्ने चेतावनी दिए। रूसी राष्ट्रपतिले शुक्रबार सेन्ट पिटर्सबर्ग अन्तरराष्ट्रिय आर्थिक मञ्चलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरे।

‘शीतयुद्ध जितेपछि अमेरिकाले आफूलाई पृथ्वीमा ईश्वरको आफ्नै प्रतिनिधि भएको घोषणा गर्‍यो। त्यो पनि कुनै जिम्मेवारी नभएको केवल स्वार्थ मात्र भएको। उसले आफ्ना स्वार्थ पवित्र दाबी गर्दै घोषणा गर्‍यो। यसले संसारलाई अस्थिर बनाउँछ’, पुटिनले भने।

साइबर आक्रमणको कारण पुटिनको भाषण ९० मिनेटभन्दा बढी ढिलो शुरु भएको थियो। साइबर आक्रमणको पछाडि कसको हात थियो भन्ने तत्काल स्पष्ट हुन सकेको छैन।

आणविक युद्ध र तेस्रो विश्वयुद्धको खतराबारे पुटिनले भने, ‘यो कहाँबाट आयो? पश्चिमाहरूको भनाइबाट… कहिलेकाहीँ गैरजिम्मेवार नेताले यस्ता कुरा गर्छन्…। के हामी चुप लाग्ने? हामी जवाफ दिइरहेका छौं। हामीले प्रतिक्रिया दिएपछि तिनीहरूले हामी बोलेका शब्दहरू खोजी खोजी भन्छन्। हेर, रूसले हामीलाई धम्क्याउँछ। हामी कसैलाई धम्की दिएका छैनौँ तर सार्वभौमसत्ता जोगाउन हामीले आफूसँग भएका हतियार प्रयोग गर्नेछौं भन्ने सबैलाई थाहा हुनुपर्छ।’

पुटिनले युक्रेनमाथिको आक्रमण अन्तरराष्ट्रिय कानुन विपरीत नभएको दाबी गरे। यसलाई रूसले विशेष सैन्य अपरेशन भन्छ। उनले भने‚ ‘कोसोभोमाथि संयुक्त राष्ट्रसंघको अन्तरराष्ट्रिय अदालतको निर्णय स्मरण गरौँ। एउटा क्षेत्रलाई कुनै राज्यबाट छुट्ट्याउँदा केन्द्रीय निकायबाट अनुमति लिनुपर्दैन। यसैले यो विषयमा दोनबास (लुहान्स्क र दोनेत्स्क) गणराज्यहरूले युक्रेनी अधिकारीहरूसँग अनुमति लिनु पर्दैन।’

ती दुई राज्यले आफूलाई स्वतन्त्र घोषणा गरे। ’यस्तो अवस्थामा हामीले उनीहरूलाई मान्यता दिने अधिकार छ कि छैन? अवश्य पनि छ। हामीले उनीहरूसँग पारस्परिक सहायता सम्झौतामा हस्ताक्षर गर्‍यौँ र संयुक्त राष्ट्रसंघको बडापत्रको धारा १५१ बमोजिम उनीहरूलाई सैन्य सहायता उपलब्ध गराउँछौं।’​

पुटिनले भने, ‘हामीले यो संयुक्त राष्ट्रसंघको बडापत्रको पूर्ण पालना गरेका छौँ। मानिसहरूले मन पराउँछन् वा पराउँदैनन्। हाम्रो काम पूर्णरूपमा वैध छ। उनले युद्धप्रति दुःख व्यक्त गर्दै भने‚ ‘सैन्य कारबाही सधैं दुःखद हुन्छ। युक्रेन युद्ध आवश्यक उपाय थियो।’

रूसमाथि लामो समयदेखि लगाइएका प्रतिबन्धको उल्लेख गर्दै भने‚ ‘उनीहरू मूर्ख र विचारहीन छन्।’ रूसविरुद्धको आर्थिक प्रतिबन्ध शुरुदेखि नै सफल हुने सम्भावना नरहेको बताए। पश्चिमा शक्तिले गरेका प्रतिबन्ध ईयूका सामान्य नागरिकका लागि बढी हानिकारक हुने बताउँदै उनले रूसविरुद्धको प्रतिबन्धले ईयूलाई ४ खर्ब डलरभन्दा बढी नोक्सान हुने दाबी गरे। उनले २७ सदस्यीय गुटमा मुद्रास्फीति बढ्दै गएको र युरोपका जनताको वास्तविक हितलाई बेवास्ता गर्दै आएको बताए।

‘तिनीहरू विगतमा जस्तै संसारलाई नियन्त्रणमा राखेको भ्रममा बस्छन् … उनीहरू सोच्छन्– उनीहरू संसारका विजेता हुन् र त्यसपछि अरू संसार उनीहरूको उपनिवेश वा करेसाबारी हो। त्यहाँ बस्ने मानिसहरू दोस्रो दर्जाका नागरिक हुन्’, उनले भने।

पश्चिमी देशहरूले आफ्ना समस्यालाई राजनीतीकरण गरी रूसमाथि आरोप लगाएको बताए। पुटिनले खाद्यान्नको मूल्य बढ्नुमा ‘अमेरिकी प्रशासन र युरोपको कर्मचारीतन्त्र’लाई दोष दिए।

युक्रेन एक प्रमुख खाद्य उत्पादक देश हो तर युद्धले यसको सम्पूर्ण उत्पादन र आपूर्ति शृंखलालाई असर गरेको छ। संयुक्त राष्ट्र संघले युद्धले आपूर्ति र मूल्यमा विनाशकारी प्रभाव पारेको र यसले थप ४ करोड ९० लाख मानिसहरूलाई अनिकालको मुखमा धकेलेको चेतावनी दिएको छ।

पुटिनले लामो समयदेखि रूसी अर्थतन्त्र नष्ट पुर्‍याउने प्रयास गरेकोमा पश्चिमलाई दोष लगाए र प्रतिबन्धलाई ‘पागल’ र उन्मादी भने।

‘उनीहरूको नियत रूसी अर्थतन्त्रलाई भत्काउने, राष्ट्रिय सम्पत्ति फ्रिज गर्ने र जीवन स्तरमा आक्रमण गरेर कुचल्ने थियो तर तिनीहरू सफल भएनन्’, उनले थपे।

रूसी व्यवसायीहरू लगनशील‚ इमान्दार र चरणबद्ध रूपमा काम गर्दै अघि बढेकाले रूसको आर्थिक अवस्था सामान्यतर्फ उन्मुख भएको उनले बताए।

पुटिनले युक्रेनमा भएको द्वन्द्वमा रूसलाई ‘जबरदस्ती’ धकेलेको दाबी गरेका छन्। उनले आक्रमणलाई ‘आफ्नो सुरक्षाको रक्षा गर्ने निःशर्त अधिकार भएको सार्वभौम देशको निर्णय’ भने।

‘आठ वर्षसम्म युक्रेन शासित र पश्चिमा शक्तिको संरक्षण पाएका नवनाजीहरूद्वारा नरसंहारको शिकार भएका हाम्रा नागरिकहरू, दोनबासको जनवादी गणतन्त्रका बासिन्दाहरूलाई जोगाउने उद्देश्यले गरिएको निर्णय हो’‚ उनले भने। डोनेत्स्क जन गणतन्त्र र लुहान्स्क जन गणतन्त्र सन् २०१४ मा रूस पक्षधर स्वतन्त्रतावादीले युक्रेनबाट मुक्त बनाएका थिए।

युक्रेनी अधिकारीहरूले यी क्षेत्रमा रूसी र रूसी बोल्नेहरूविरुद्ध भेदभाव गरेको आरोप लगाएको छ। सन् २०१९ देखि रूसी राहदानी दुई संस्थाका बासिन्दाहरूलाई प्रस्ताव गरिएको थियो। फेब्रुअरीको अन्त्यमा पुटिनले तिनीहरूलाई स्वतन्त्र रूपमा मान्यता दिने घोषण गरे। उनले भने रूसी सैनिक र स्वतन्त्रता पक्षधरहरू डोनबासमा ‘आफ्ना जनताको रक्षा गर्न लडिरहेका छन्’ र ‘बाहिरबाट अमानवीकरण र नैतिक पतनको छद्म मूल्यहरू थोप्ने कुनै पनि प्रयासलाई अस्वीकार गर्ने अधिकार छैन।’

युरोपेली आयोगले शुक्रबार घोषणा युक्रेन र छिमेकी माल्दोभालाई ईयूको सदस्यता दिन सिफारिस गरिरहेको छ। पुटिनले आक्रोश पोखे‚ ‘ईयूका अभिजात वर्गहरू अरू कसैको इशारामा नाचिरहेका छन्, आफ्नै आवादीलाई हानि पुर्‍याइरहेका छन्।’

उनले युक्रेन ईयूको सदस्य हुनुमा विरोध नगर्ने स्पष्ट पारे।

‘ईयू नेटो जस्तो सैन्य-राजनीतिक गुट होइन, हामी यसको विरुद्ध छैनौँ। आर्थिक संगठनमा सामेल हुने कुनै पनि देशको सार्वभौम निर्णय हो। नयाँ राज्यहरूलाई सदस्यको रूपमा स्वीकार गर्ने वा नगर्ने ईयूमा निर्भर छ।’

Advertisement Banner
Previous Post

मौसमविद्: मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने

Next Post

नेपाल स्काउटको ७१ औँ स्थापना दिवस सम्पन्न

Editorial Team

Editorial Team

Next Post
नेपाल स्काउटको ७१ औँ स्थापना दिवस सम्पन्न

नेपाल स्काउटको ७१ औँ स्थापना दिवस सम्पन्न

Recommended

ADB Appoints Sona Shrestha as Director General for South Asia

ADB Appoints Sona Shrestha as Director General for South Asia

7 months ago
Monash University ranks 57th in QS World University Rankings 2023

Monash University ranks 57th in QS World University Rankings 2023

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.