काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थाको पुनर्स्थापनालाई अब कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो दाबी गरेका हुन् । उनले शान्तिपूर्ण आन्दोलनमार्फत नवीन समझदारीमा पुग्नुपर्ने आवश्यकता रहेको बताए ।उनका अनुसार, यही चैत १५ गते काठमाडौंमा विशाल जनप्रदर्शनको आयोजना गरिंदैछ । त्यसपछि चैत २६ गते राप्रपाले वागमती प्रदेश स्तरीय प्रदर्शन गर्नेछ भने बैशाख ७ गतेबाट राजधानी केन्द्रित आन्दोलनको शुरुआत हुनेछ ।मिश्रले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई स्थायित्व दिन नसकेको र भ्रष्टाचार संस्थागत बन्दै गएकाले अब राजसंस्थाको पुनर्स्थापनाका लागि सबै पक्षले एकजुट हुनुपर्ने बताए ।
उनले भने, ‘यो पतित व्यवस्था ढाल्नै पर्छ, नत्र देश र भावी पुस्ताको भविष्य अन्धकार हुनेछ।’ राप्रपाले लामो समयदेखि संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको वकालत गर्दै आएको छ।मिश्रले राजनीतिक दलका शीर्ष नेताहरूलाई समयमै बुद्धि पुर्याउन आग्रह गर्दै भने, ‘हामी शान्तिपूर्णरूपमा नवीन समझदारीमा जाऊँ र नेपालको दीर्घकालीन हितलाई मनन गरेर संविधान र व्यवस्थालाई पुनः समीक्षा गरौं।’यसैबीच, राजसंस्थाको पक्षमा पछिल्लो समय बढ्दै गएको जनसमर्थनलाई मध्यनजर गर्दै राप्रपाले विभिन्न चरणमा आन्दोलनको योजना अघि बढाएको छ।
Trending Now
- सर्जकहरूलाई सम्मान र पुरस्कारहरूको घोषणा
- NASA unveils new crew for space mission
- More than one lakh tourists came to Nepal in March
- आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै शिक्षक महासंघ
- धानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदै
- पत्रकार रजकलाई गोली नलागेको पुष्टि
- निर्दोष नागरिकमाथि गोली हान्न पाइँदैन, प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्नुपर्छ : ज्ञानेन्द्र शाही
- तीनकुनेमा मारिएका सविनको पशुपतिमा अन्तिम दाहसंस्कार
- काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा
- म्यानमार र थाइल्याण्डपछि पाकिस्तान र अफगानिस्तानमा भूकम्प
Comments are closed.