काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पटक–पटक अवसर दिँदासमेत सत्ताको दुरुपयोग गरेको बताएका छन्।सोमबार संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले फेरि अवसर दिँदा राज्यसत्ताको दुरुपयोग नगर्ने कुनै ग्यारेन्टी नभएकोले राजाको कुनै आवश्यकता नरहेको बताए।
व्यवस्थालाई कसरी अगाडि बढाउने भन्नेबारे जनताले निर्णय गर्ने उनको भनाइ छ। उनले आफू हिन्दुराष्ट्रको पक्षमा रहेको स्पष्ट पारे।उनले भने, ‘राजालाई हामीले पटक–पटक मौका दियौँ, अवसर दियौँ उसले दुरुपयोग गर्यो। अब के ग्यारेन्टी छ कि उसले दुरुपयोग गर्दैन? त्यसैले अब राजा हामीलाई चाहिँदैन। हिन्दुराष्ट्रको पक्षमा चाहिँ म छु।’उनले तीनकुने घटनामा भीड उक्साउने काम राजावादी पक्षबाट भएको भन्दै कानूनी दायरामा ल्याउनुपर्ने बताए।
Trending Now
- North Korea is building the largest warship ever
- प्राडा मोहनप्रसाद तिमल्सिना अभिनन्दन ग्रन्थ लोकार्पण
- भण्डारीको ‘दिए पुग्छ’ कृति लोकार्पण
- अमेरिकी पप गायिका केटी पेरीसमेत ६ जना महिलाको टोली अन्तरिक्षको यात्रा गरेर फर्कियो
- China has developed the world’s first medical drone
- More than 200 media workers killed in Israeli strikes
- कक्षा १२ को परीक्षामा सहयोग नगर्न शिक्षक–कर्मचारीहरूलाई महासंघको आग्रह
- भक्तपुरमा बिस्का जात्रा अन्तर्गत पर्ने सिन्दुर जात्रा सम्पन्न
- काठमाडौंमा सुरु भयो १८–डी सिनेमा
- स्रष्टा चैत्र ३०’ सम्मानबाट प्रा.डा. ज्ञानु पाण्डे र डा. विजय सुब्बा सम्मानित
Comments are closed.