रम्बास् कविताःबाघपुल

बाघपुल
++++++


बूढो
भएँछु।
मेरा हड्डी
यी मांशपेसी
शिथिल भएछ।
कमजोर   लाचार।
शिकिस्त बिरामी जस्तै
कहिले सम्म चल्छ श्वास?
केही टुङ्गो छैन यो ज्यानको।
अब    मेरो    भर   नपर्नु
मेरो मृत्यु  नजिक  छ।
मृत्यु  पूर्व  नै मेरो
सृष्टि गर दोस्रो
नकल बनोस्।
मेरो बिन्ती
बिसाएँ
थाकेँ
म।

अरुण कुमार भुजेल
गोरूबथान कालेबुङ्ग।

Comments are closed.