Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

फ्राइडे रिलिज : सिनेमा हलमा ‘घनचक्कर’, ‘जुगजुग जियो’ र ‘एल्भिस’

Editorial Team by Editorial Team
June 24, 2022
in Entertainment, Kathmandu, Nepal
0
फ्राइडे रिलिज : सिनेमा हलमा ‘घनचक्कर’, ‘जुगजुग जियो’ र ‘एल्भिस’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : शुक्रबारदेखि तीनवटा नयाँ फिल्म एकसाथ प्रदर्शन हुने भएका छन्। नेपाली फिल्म ‘घनचक्कर’ सहित बलिउड फिल्म ‘जुगजुग जियो’ र हलिउड फिल्म ‘एल्भिस’ले एकसाथ प्रदर्शन थालेका हुन्।

राज मेहताको निर्देशनमा बनेको फिल्म ‘जुगजुग जियो’ले मल्टिप्लेक्समा सबैभन्दा धेरै २५ देखि ५० प्रतिशतसम्म शो पाएको छ। फेमिली कमेडी ड्रामा जनरामा बनेको फिल्ममा अनिल कपूर, वरुण धवन, किएरा अडवानी, नीतु कपूर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। यतिवेला हलमा प्रदर्शनरत फिल्म मध्येमा दर्शकको चाप पनि जुगजुग जियो मै बढी छ।

त्यस्तै, बायोग्राफिकल म्युजिकल ड्रामा ‘एल्भिस’ले १० देखि १५ प्रतिशतसम्म शो पाएको छ भने नेपाली फिल्म ‘घनचक्कर’ले सबै जसो हलमा १० प्रतिशत शो मात्रै पाएको छ।

गत मे २५ मा कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको ‘एल्भिस’ किङ अफ रक एण्ड रोल भनेर चिनिने अमेरिकी गायक एल्भिस प्रिज्लेको जीवनीमा आधारित फिल्म हो। बज लुरमानको निर्देशनमा बनेको फिल्ममा अस्टिन बटलर एल्भिसको भूमिकामा देखिएका छन्। भने टोम ह्यांक्सको पनि मुख्य भूमिका रहेको छ।

त्यस्तै सस्पेन्स कमेडी जनरामा बनेको नेपाली फिल्म ‘घनचक्कर’ सबैभन्दा कम शोका साथ प्रदर्शन भइरहेको छ। जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, शिशिर भण्डारी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। फिल्मले सहज जीवनको खोजीमा गाउँबाट सहर पसेका दुई बेरोजगार युवाको कथा भन्छ।

यी बाहेक हलमा अन्य ६ फिल्म प्रदर्शनरत छन्। गत हप्ता प्रदर्शनमा आएको ‘चिसो मान्छे’ शुक्रबारदेखि दोस्रो हप्तामा प्रवेश गरेको छ। जेठ १३ देखि प्रदर्शनमा आएको ‘कबड्डी ४’ पाचौँ हप्तामा प्रवेश गरेको छ भने कन्नड फिल्म ‘७७७ चार्ली’ पनि तेस्रो हप्तामा प्रवेश गरेको छ। त्यस्तै ‘जुरासिक वर्ल्ड डोमिनियन’, ‘टप गनः मोवरिक’ र ‘विक्रम’ पनि यतिवेला हलमा छन्।

 

Advertisement Banner
Previous Post

मौलिकता र अध्यात्मको खोजी चित्रात्मक दस्तावेजमा

Next Post

‘द सिक्रेट अफ राधा’को नयाँ पोस्टर सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
‘द सिक्रेट अफ राधा’को नयाँ पोस्टर सार्वजनिक

'द सिक्रेट अफ राधा'को नयाँ पोस्टर सार्वजनिक

Recommended

Antonina Samoilova unfurls the Ukrainian flag on summit of Mount Everest

Antonina Samoilova unfurls the Ukrainian flag on summit of Mount Everest

4 years ago
भ्रष्टाचारविरुद्ध कार्टुन कला

भ्रष्टाचारविरुद्ध कार्टुन कला

4 years ago

Don't Miss

Understanding GEO and Why It Matters for Complete Visibility

January 7, 2026
Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees;  Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees; Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

January 7, 2026
Trump says US will run Venezuela after Maduro seized

President Trump announces Venezuela to transfer 30-50 million barrels of sanctioned oil to US

January 7, 2026
Bangladesh to import 180k tonnes of diesel from India

Bangladesh to import 180k tonnes of diesel from India

January 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.