Trending Now

मौलिकता र अध्यात्मको खोजी चित्रात्मक दस्तावेजमा

असार १०,
मौलिक तथा अध्यात्म पक्षलाई जोड दिएर बनाइएका सुष्मा शाक्यका कलाकृतिहरु यतिबेला ठमेलस्थित दलाई–ला आर्ट स्पेसमा प्रदर्शनरत छन् । आधुनिकता र बढ्दो आवादीसँगै सहरले मौलिक पक्षलाई गुमाउँदै गएको अवस्थामा र सहरका मन्दिर, देवालय, पार्टी, पौवा र हिटीलाई नयाँ संरचनाले विस्थापित गर्दैरहेको तिक्त यथार्थलाई उनले कलाहरुमा उतारेकी छिन ।
दर्जनभन्दा बढी प्रिन्ट कलामा उनले धार्मिक र मानव अस्तित्वसँग समेत जोडिने पञ्चत्वका अवधारणालाई झल्काएकी छिन । पृथ्वी, जल, आकाश, अग्नि र वायु जस्ता पञ्चतत्वलाई ध्यानमा राखेर पुराना घरका संरचनाहरु बनाउने प्रचलन रहेपनि अहिले त्यो अवस्था नरहेको र तिनीहरुको अस्तित्वको दस्तावेज कलामा राखिनु पर्छ भन्ने अवधारणाले उनले यी पक्षलाई जोड दिएर चित्र बनाएकी छिन ।
उनले चित्रमा पाटन क्षेत्रको मौलिकता झल्कने मठमन्दिर र विहार, घरका संरचना तथा परिवेशलाई चित्रण गरेकी छिन् । चित्रमा पाटनको पद्यसम्भव महाविहारलाई समेत उतारेकी र पाटन क्षेत्रको बस्तीसँगै पृष्ठभूमिमा देखिने हिमाल र मन्दिरका संरचनाहरुलाई उनले ऐतिहासिक दस्तावेजकै रुपमा चित्रसँगै उठान गरेकी छिन् ।

चित्रकला प्रदर्शनी असार १६ गतेसम्म चल्नेछ ।

Comments are closed.