Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

नारी साहित्य प्रतिष्ठानद्वारा पुरस्कार तथा स्रष्टा सम्मान

Editorial Team by Editorial Team
June 27, 2022
in Awards, Literature, Nepal
0
नारी साहित्य प्रतिष्ठानद्वारा पुरस्कार तथा स्रष्टा सम्मान
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, नारी साहित्य प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा एक बृहद कार्यक्रमको आयोजना गरि साहित्यिक गतिविधीमा संलग्न हुँदै विभिन्न क्षेत्रमा योगदान पुर्याएका साहित्यकारहरु डा. बेन्जु शर्मा रुकु कार्की तथा गीता खत्रीलाइ सम्मान गरिएको छ ।
वरिष्ठ साहित्यकार एवं लोक संस्कृतिविद् तुलसीदिवसको प्रमुख आतिथ्यता एवं नारी साहित्य प्रतिष्ठानकी अध्यक्ष गीता कार्कीको अध्यक्षतामा साथै विशेष अतिथि अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्री, नारी साहित्य प्रतिष्ठानका सल्लाहकार डा. रामप्रसाद दाहाल, पुरस्कृत ब्यक्तित्वहरु बारेमा प्रमुख वक्ताको रुपमा प्रा. डा. साबित्री मल्ल कक्षपति पुरस्कार संस्थापक जलेश्वरी श्रेष्ठ, बसन्त श्रेष्ठ, गार्गी शर्मा, माया ठुकरीको आतिथ्यतामा उक्त कार्यक्रमको आयोजन गरिएको थियो ।
प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरि औपचारिक रुपमा सुरु गरिएको उक्त कार्यक्रममा नारी साहित्य प्रतिष्ठानकी अध्यक्ष गीता कार्कीले कार्यक्रम बारे बोल्दै अग्रज हरुको प्रेरणा हौशला साथ र सहयोगले नारी प्रतिष्ठानको प्रारुप तयार भएको स्मरण गर्दै समयक्रममा प्राप्ति र उपलब्धिमा वर्तमानमा उपलब्ध स्रोत साधन एवं प्रविधिले सार्थकता प्रदान गरेको उर्वर समय साहित्यिले भरपूर प्रयोग गर्नुपर्ने बताएकी छन् ।
पुरस्कार वितरण कार्यक्रमा पुरस्कृत भएका सर्जक साहित्यकारहरु क्रमशः डा. बेन्जु शर्माले ‘’गोमा स्मृति पुरस्कार’’ का रुपमा १५ हजÞार नगद सहित सम्मान पत्र प्राप्त गरेकी छन् त्यसैगरि बन्धनबाट मुक्ति आत्मकथाका लागि साहित्यकार रुकु कार्कीले ‘स्रस्टा विशेष सम्मान’ का रुपमा १० हजार नगद सहित सम्मान पत्र प्राप्त गरेकी छन् । यसैक्रममा ‘’मायादेवी मातृभूमि साहित्य सम्मान पुरस्कार’’ बाट दुरदेश (विदेश) मा रहेर पनि नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्याउने अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष गीता कार्कीले २१ हजार नगद सहित सम्मान पत्र प्राप्त गरेकी छन् । पुरस्कृत हुने साहित्यकार हरुले आफूहरुले निरंतर कर्म गर्दै गएको कुरालाइ निर्णायक समितिले उचित मूल्यांकन गरेकोमा संतोष ब्यक्त गर्दै थप योगदानको जिम्मेवारी महशुष गरेको बताएका छन् ।
सम्मानित ब्यक्तित्वहरु बारे कार्यक्रममा बोल्दै प्रा.डा. साबित्री मल्ल कक्षपतिले सम्मानित हुने तीनै साहित्यकार हरुका बारेमा विस्तृत बिवेचना गर्दै भीम निधि तिवारीको पदताप पछ्याउँदै अघि बढेकी डा. बेन्जु शर्मले नेपाली साहित्याकाशमा बेजोडको योगदान दिएकोले त्यसको मुल्यांकन नारी साहित्य प्रतिष्ठान एवं ‘गोमा स्मृति सम्मान’ पुरस्कारले बिभुषित गरेको साथै अर्का स्रष्टा रुकु कार्कीलाइ समस्याको पहाड छिचोल्दै अनुभूतिलाइ सृजनात्मक रुपमा पस्किदै संघर्षका कथाले मानविय समबेदनालाइ चिमोट्ने विचार ब्यक्त गरेकी छन् । यसै क्रममा सम्मानित हुने अर्की स्रस्टा गीता खत्रीले समय र साधना (द्रब्य) को योगदान गर्नु सामान्य कुरा नरहेको बताउंदै आगामी दिनमा नेपाली साहित्यले अझै गहनत्तम खुराक पाउने विश्वास ब्यक्त गरेकी छन् ।
कार्यक्रममा बोल्दै डा. राम प्रसाद ज्ञवालीले साहित्यको सामर्थ्य नेपालको सामाजिक रूपान्तरणमा महत्वपूर्ण रुपमा देखिएको छ भन्दै अनुशासनको महत्व हरेक क्षेत्रमा आवश्यकता पर्ने बताउँदै केवल फुस्रो प्रशंसामा मात्र अलमलिनु रहुने बताएका छन् । यसै क्रममा राम प्रसाद दाहालले संघ संस्थाले गर्ने कर्म महत्वपूर्ण रहेको बताउँदै नारी साहित्य प्रतिष्ठानको निरंतर प्रगतिको कामना गरेका छन् । प्रमुख अतिथिको रुपमा वरिष्ठ कवि एवं लोक संस्कृतिबिद् तुलसी दिवसले नेपाली साहित्यले बिश्वमा अमिट छाड्नुपर्ने बताउँदै नेपाली साहित्यको श्रीवृद्धिका क्रममा साहित्यकार हरुको अहँ भूमिका रहने बताउँदै विश्वस्तरमा यसको सहज पहुँच पुर्याउन योगदान दिनपर्ने बताएका छन् ।

Advertisement Banner
Previous Post

मन्त्री पदको पद तथा गोपनीयताको शपथ

Next Post

ताप्लेजुङका चौध सय परिवार अन्धकारमा

Editorial Team

Editorial Team

Next Post
ताप्लेजुङका चौध सय परिवार अन्धकारमा

ताप्लेजुङका चौध सय परिवार अन्धकारमा

Recommended

ADB Celebrates Partnership with Europe, Highlights Private Sector Opportunities

ADB Celebrates Partnership with Europe, Highlights Private Sector Opportunities

6 months ago
RSP central committee meeting summoned

RSP central committee meeting summoned

5 months ago

Don't Miss

Nepali Congress dissident faction presents reports including proposal to amend party statute

Nepali Congress dissident faction presents reports including proposal to amend party statute

August 15, 2026
Indonesia’s Flores region hit by 7.7 magnitude earthquake; at least 20 killed

Indonesia’s Flores region hit by 7.7 magnitude earthquake; at least 20 killed

August 15, 2026
Bangladesh PM Rahman likely to visit India between August 20-25

Bangladesh PM Rahman likely to visit India between August 20-25

August 15, 2026
Concessional loan up to Rs 5 million to families of martyrs and injured of Gen-Z Uprising

Concessional loan up to Rs 5 million to families of martyrs and injured of Gen-Z Uprising

August 15, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.