Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Education

थिङ्क पोजेटिभ ग्लोवल क्याम्पियन´सम्पन्न

Editorial Team by Editorial Team
June 27, 2022
in Education, Nepal
0
थिङ्क पोजेटिभ ग्लोवल क्याम्पियन´सम्पन्न
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

स्कुल फाउण्डेशनको आयोजना र सभ्य सृजना प्रा. लि.को प्रस्तुति रहेको ` थिङ्क पोजेटिभ ग्लोवल क्याम्पियन´ यही असार, १०, ११, र १२ गते बुढानीलकण्ठ नगरपालिकामा सम्पन्न भयो।  नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोग र बुढानिलकण्ठ नगरपालिकाकाे सहकार्यमा सञ्चालित सो कार्यक्रम  नगरका १०, ८ र ३ नं वडामा सञ्चालन गरिएको थियो। कार्यक्रममाको प्रमुख अतिथि क्रमश: वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराई, नगरप्रमुख मिठाराम अधिकारी र पूर्व नगरप्रमुख उद्धबराज खरेल रहनुभएको थियो। कार्यक्रममा उप-प्रमुख अनिता लामा सहित वडाअध्यक्षहरु, कृष्ण शाह (ठकुरी), श्रीराम केसी, रवि खड्का, बसनारायण महर्जन, शम्भु प्र भट्टराई, राजु अधिकारी, सुमित्रा त्रिपाठी (पाण्डे) सहित नगरका अधिकांश वडा सदस्यहरु, पूर्व जनप्रतिनीधिहरु, नगरका जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्र. दाहाल लगाएतका अतिथिहरुको उल्लेख्य  सहभागीता रहेको थियो। नगरपालिका भित्रका वडाका कर्मचारी, बुढानीलकण्ठ स्कुल, बुढानीलकण्ठ माध्यामिक विधालय, सेन्ट जेभियर स्कुल, हिमालय माध्यामिक विधालय, फ्युजन स्कुल, रिलायन्स इन्टरनेशनल स्कुल, जोसेफ स्कुल, बाल उद्धार मा. वि, भ्याली पब्लिक स्कुल, अमरदीप स्कुल, नेशनल युनाइटेड ऐकेडमी लगाएतका दर्जन भन्दा बढि  सामुदायिक र निजी शैक्षिक संस्थाका शिक्षक प्रतिनीधिहरु र विधार्थीहरुको सहभागिता रहेको सो अभियानमा स्वास्थ्यकर्मी, अभिभावक, सामाजसेवी, महिला अधिकारकर्मी, महिला तथा आमा समुहका प्रतिनिधि,  सुरक्षाकर्मी, युवायुवती  जेष्ठ नागरिक, सुरक्षाकर्मी, सहकारीका प्रतिनीधि, टोलसमूहका प्रतिनीध, विभिन्न क्लब तथा संघसंस्थाका प्रतिनीधि, विधालय सञ्चालन समितिका प्रतिनीधि, मजदुर, स्थानीय व्यावसायी, राजनीतिज्ञ, सामाजिक सरोकारवाला सहित सञ्चाकर्मी लगाएतको उत्साहजनक  उपस्थिति रहेको थियो। अन्तराष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसर पारेर सञ्चालित अभियानमा  १३/१४ वर्षका बच्चादेखि ८० वर्ष सम्मका जेष्ठ नागरिकहरुको संलग्नता रहेक‍ो थियो।  ३ अ‍ोटा कार्यक्रममा गरेर ५०० जना भन्दा बढि सहभागीहरुको उपस्थिति रहेको कार्यक्रम हरेक दिन विहान १० बजेदेखि साँझ  ५:३० सम्म चलेको थियो। अतिथि तथा सहभागीहरुका लागि खाजा तथा खानाको समेत व्यवस्था गरिएको कर्यक्रम ज्ञान र सचेतनाका हिसावले  निकै फलदायी र आकर्षक रहेको प्रतिक्रिया सहभागीहरुले दिनुभएको थियो।

नगर प्रमुख मिठाराम अधिकारीले यस्ता कार्यक्रम अब नगरपालिकाभित्र हरेक ४/४ महिनामा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। यसरी नै पूर्व मेयर उद्धवराज खरेलले आफैं पनि सकरात्मक सोचका अभियानमा सरिक हुन अत्यन्तै रुचि राख्ने भएकाले आफु र समाजले खोजेजस्तै कार्यक्रम ल्याएकोमा आयोजकप्रति धन्यवाद व्यक्त गर्नुभयो भने नगरका उप प्रमुख अनिता लामाले यस्ता कार्यक्रम बुढानीलकण्ठ नगरपालिका सहित देशका ७५३ ओटै स्थानीय तहका टोलटोलमा पुर्याउनुपर्ने कुरामा जोड दिनुभयो।

 स्वास्थ्य मन्त्रालय (एनसिएएस्सी) वाट अवार्ड अफ एक्सलेन्स  प्राप्त ‘ थिङक पोजेटिभ ग्लोबल क्याम्पियन’ यसभन्दा अगाडि पनि देशका विभिन्न जिल्लाहरुमा सञ्चालन भैसकेको थियो।

नेपालीहरुमा  रहेका  गिरवी , अशिक्षा, पछौटेपन, बसाईँसराईँ, बेरोजगारी, विदेशिनु जस्ता विधमान समस्याहरुले युवाहरुमा नकरात्मक सोच, हीन भावना, देखासिकी, सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुको दुरुपयोग जस्ता विविध समस्याहरु वढ्दै जाँदा  कुलतमा लाग्ने प्रक्रिया  तीव्र रूपमा वढ्दै गएको छ। विभिन्न सम्वन्धित निकायहरुले गरेका अनुसन्धान अनुसार यो क्रम दुर्गम क्षेत्रमा भन्दा शहरी र शहरोन्मुख क्षेत्रहरुमा बढि  देखिन्छ। यसलाई केहि हदसम्म भए पनि निस्तेज पार्न सकिने उद्देश्यका साथ विभिन्न ड्रग/एचआईभी प्रभावित र प्रभावोन्मुख क्षेत्रहरुमा  स्कुल फाउण्डेशनले सोही विषयमा वनाइएको चलचित्र  सिग्नेचर प्रदर्शन, मनोपरामर्श, जनजागरण र उत्प्रेरणा जस्ता कार्यक्रमका साथ यो अभियानलाई अत्यन्तै प्रभावकारी तरिकाले अगाडि वढाएको छ।

यो अभियान र चलचित्रलाई यूएनएआइडस, सरकारका गृह, शिक्षा, स्वास्थ्य, सूचना तथा सन्चार, संस्कृति तथा पर्यटन मन्त्रालय लगायत चलचित्र विकास बोर्ड, लायन्स क्लब इन्टरनेसनल, रेडक्रस सोसाइटीले एक्नलेज्ड गरेका छन् ।

अभियानको मुख्य आकर्षणको रूपमा रहेको वास्तविक जीवन कथामा आधारित  चलचित्र सिग्नेचरमा समाजका विभिन्न तत्वहरुले पार्ने प्रभाव, व्यक्तिमा पैदा हुने नकरात्मक सोच र सोही बमोजिमको क्रियाकलापले उसको जीवन र समाजमा पार्ने असरलाई अत्यन्तै कलात्मक तरिकाले प्रस्तुत गरिएको छ। परिवारको सहि निगरानीको अभाव र खराब सङ्गगतका कारण युवाहरु कसरी दुर्व्यसनमा लाग्दछन् र जीवन क्षतविक्षत हुन्छ भन्ने विषयलाई चलचित्रले समेटेको छ। अत: एकै वाक्यमा भन्नुपर्दा समग्र चलचित्रको भाव सकरात्मक व्यवहारको विकास र आशावादी जीवन जिउन उत्प्रेरणा दिने खालको छ।

  ओस्कार इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज), सभ्य सिर्जना प्रा.लि र स्कूल फाउन्डेसनका अध्यक्ष रहेका सागर उद्गमको अनुसन्धान, लेखन, निर्देशनमा बनेको चलचित्र सिग्नेचरलाई गीतकार प्रकाश सुवेदी र सागर उद्गमले निर्माण गरेका हुन् । पछिल्लो समयका चर्चित गीतकार तथा चलचित्र निर्माता प्रकाश सुवेदी सभ्य सिर्जना प्रा .लि.का प्रवन्ध निर्देशक र स्कुल फाउन्डेसनका महासचिव पनि हुन्।

सो कार्यक्रममा सिनेमा थेरापीसँगै चर्चित मोटिभेसनल स्पिकर सुदन ज्ञवालीद्वारा मोटिभेसनल सेसन, चर्चित मनाेविश्लेषक बासु आचार्यद्वारा मनोपरामर्श सेसन र ई. राजेन्द्र चटौतद्वारा डिजिटल एडिक्सन र सामाजिक सञ्जाल र इन्टरनेटको सहि सदुपयोगका लागि थिङ्क पाेजेटिभ, थिङ्क डिजिटल सेसन सञ्चालन गरिएको थियो। स्वास्थ्य परिक्षणको  समेत व्यवस्था गरिएको सो कार्यक्रममा, ब्लड सुगर, रक्तचाप, तौल परिक्षण सहित , जीवनजल लगाएत अौषधी, महिलाहरुको लागि निशूल्क सेनीटरी प्याड र पुरुषहरुका लागि कण्डम वितरण गरिएको थियो।

स्वदेश तथा विदेशमा सञ्चालन गर्ने योजना बनाइएको यस अभियान विभिन्न चरणहरु गरि  प्रत्यक्ष रूपमा `म १ सहभागी २० लाख मा म पनि´ नाराका साथ  सहभागी माझ पुर्याई सम्पूर्ण सहभागीहरुको प्रतिवद्धता सहितको  हस्ताक्षर र प्रतिक्रिया संकलन गर्ने  लक्ष्य आयोजकको रहेको छ।

Advertisement Banner
Previous Post

“Partnership for Global Infrastructure and Investment” launched by G7 leaders

Next Post

अनेसास निर्वाचनमा बिमला निरौलाको महासचिवमा उम्मेद्वारी

Editorial Team

Editorial Team

Next Post
अनेसास निर्वाचनमा बिमला निरौलाको  महासचिवमा उम्मेद्वारी

अनेसास निर्वाचनमा बिमला निरौलाको महासचिवमा उम्मेद्वारी

Recommended

जनमत वाङमय प्रतिष्ठानले साहित्य, संगीत र कला क्षेत्रका आठ स्रष्टालाई सम्मान गर्यो

जनमत वाङमय प्रतिष्ठानले साहित्य, संगीत र कला क्षेत्रका आठ स्रष्टालाई सम्मान गर्यो

9 months ago
India allocates INR 8 billion grant for Nepal in 2026 budget

India’s draft electricity policy signals fresh export prospects for Nepal

7 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.