Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

जगदीश घिमिरेको कथा ‘साबिती’ माथि नाटक मञ्चन हुँदै

Editorial Team by Editorial Team
June 30, 2022
in Entertainment, Nepal
0
जगदीश घिमिरेको कथा ‘साबिती’ माथि नाटक मञ्चन हुँदै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ माथि थिएटर भिलेजले नाटक मञ्चन गर्ने भएको छ । विमल सुवेदीको निर्देशनमा बन्ने नाटक असार १७ देखि शिल्पी थिएटरमा मञ्चन हुने बताइएको छ ।

नाटकमा भारतीय रङ्गकर्मी अनुराधा मजुमदार, सुजन वली र साजनकुमार सुनुवारको अभिनय रहनेछ । अनुराधाले यसअघि नेपाली नाटक ‘खुमा’ र ‘बाँकी उज्यालो’ मा अभिनय गरेकी थिइन् । ‘साबिती’माथि यसअघि २०७० मा थिएटर भिलेजले यसै नाटकमार्फत शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा उनको नामबाट ‘सत्यमोहन जोशी नाटक घर’ उद्घाटन गरी आफ्नो कला यात्रा सुरु गरेको थियो । तर प्राविधिक कारणले पहिलो सो नसकिँदै रोकियो ।

त्यसपछि सन् २०१९ मा यही नाटक नयाँ दिल्लीस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा साउथ एसियन युनिभर्सिटीमा मञ्चन भयो । त्यही वर्ष भारतकै जम्मूमा भएको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पनि यसले सहभागिता जनायो । हिन्दी भाषामा रूपान्तरित नाटकलाई वर्तमान नेपाली समयअनुकुल हुने गरी पुनः प्रस्तुति गर्न लागिएको निर्देशक सुवेदी सुनाउँछन् । नाटकलाई निर्देशक सुवेदीसँगै मिलेर सुरज सुवेदीले रूपान्तरण गरेका हुन् ।

नाटकले समाजमा विद्यमान विविध विसंगतिको असली स्वरूप देखाउने यस कथामा नाटक हेर्ने लेखक जगदीशको ठूलो धोको रहेको निर्देशक सुवेदीले सुनाए । ‘नेपाली रंगमञ्चमा धेरैजसो विदेशी नाटकको अनुवाद मात्र गरिने हुँदा थिएटर भिलेजले नेपाली नाटक तथा साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा लैजाने आफ्नो उद्देश्य अनुरुप पहिलो कदमका रुपमा यसै नाटक मञ्चन गर्ने संकल्प गरेका थियौं,’ सुवेदीले सुनाए ।

अभिनयको लागि हाल नेपालमा रहेकी चर्चित रंगकर्मी तथा हरियाणास्थित स्टेट युनिभर्सिटी अफ पर्फर्मिङ

एन्ड भिज्युअल आर्ट्सको अभिनय विभाग प्रमुख अनुराधा मजुमदार यस कथाले अनेकौ‌ं आयातित वाद र विश्वव्यापीकरणमा अडेस लागेका ती स्वरूप अनि त्यसकै आडमा रहेका पितृसत्ता, सामाजिक विभेद, राजनैतिक विसंगति, अनि शिक्षा र स्वास्थ्यको संवेदनाहीन कालो व्यापारिकरणलाई उदांगो पार्ने बताउँछिन् । ‘महिला पात्रमार्फत नाटकले सामाजिक संरचनाले समानताको बाटो बिराउँदा वर्गीय, लैङ्गिक, सामाजिक, जातीय र आर्थिक जस्ता क्षेत्रमा पार्ने प्रत्यक्ष असरहरू केलाउँछ । नाटकले शून्यवाद नजिक रहेर घिनलाग्दो समाजलाई अनेक कोणबाट प्रश्नहरू गरेको छ,’ अनुराधाले बताइन् ।

Advertisement Banner
Previous Post

Election Commission to hold federal and provincial elections by mid-December

Next Post

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने

Editorial Team

Editorial Team

Next Post
त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने

Recommended

USAID Announces $7.2 Million Joint Initiative for a Sustainable, Climate-Resilient Cocoa Industry in Indonesia

USAID Announces $14.2 Million to Boost Inclusive Economic Development in Zambia

4 years ago
Nearly 60% increase in UK households in serious financial difficulties, Bristol researchers find

Nearly 60% increase in UK households in serious financial difficulties, Bristol researchers find

4 years ago

Don't Miss

Nepal Oil Corporation announces 10 percent dividend

Nepal Oil Corporation bans fuel hoarding

March 4, 2026
Nepal imported nearly 1.9 million liters of alcoholic beverages worth Rs 1.634 billion during the first seven months

Nepal imported nearly 1.9 million liters of alcoholic beverages worth Rs 1.634 billion during the first seven months

March 4, 2026
चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

Nepal Rastra Bank withdraws Rs 1 billion from banking system

March 4, 2026
Nepal Stock Exchange (NEPSE) index fell by 23.50 points

Nepal Stock Exchange enforces mandatory IT audits for brokers

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.