भद्रपुर झापा /२०७९/०३/१८ भद्रपुरमा जन्मिएर काठामण्डौलाई कर्मथलो बनाउँदै आउनु भएकी स्रष्टा सुमन घिमिरेद्वारा लिखित ” अन्तत: यन्त्रणा” उपन्यास कृतिको एक सभ्य र भव्य कार्यक्रमका विच झापा उद्योग वाणिज्य संघको सभाहलमा लोकार्पण गरिएको छ। सामुहिक राष्ट्रगान, सहिदहरु प्रति श्रद्धाञ्जली र पानसमा दीप प्रज्वलित गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो। कृतिकारका पिता गोपाल घिमिरेको अध्यक्षता, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्य, प्राज्ञसभा सदस्य सुभद्रा भट्टराईको , भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रा . होम सुवेदीको , भद्रपुर नगरपालिका वार्ड नं ७ का वडाध्यक्ष अभिषेक ढुङ्गानाको विशेष आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिहरुले कृतिको लोकार्पण गर्नु भएको थियो। लोकार्पित कृतिको समीक्षा कवि तथा पत्रकार माया मितु न्यौपाने र स्रष्टा कुमार भट्टराईले गर्नु भएको थियो। कार्यक्रममा प्रमख अतिथि राजेन्द्र लिङ्देल, विशेष अतिथि प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, भद्पुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र प्राध्यापक होम सुवेदीले मन्तव्य लेखकलाई शुभकामना दिनु भएको थियो भने कार्यक्रम सञ्चालक आयोजक संस्था सर्जक मञ्च झापाकी अध्यक्ष लीला अनमोलले कविता र देवीचरण भण्डारीले गीत गाउनु भएक थियो। स्वागत मन्तव्य कार्यक्रमका सभापति कृतिकारका पिता तथा कार्यक्रमका सभापति गोपाल वहादुर घिमिरेले गर्नु भएको थियो।कार्यक्रममा प्रा. डा. पृथ्वीविक्रम राई, डा. खगेन्द्र दाहाल, घनेन्द्र शर्मा, प्राध्यापक गंगाराम ढुङ्गेल , टोपलाल ज्ञवाली, लेखनाथ पुस्तकालय चन्द्रगढीका सभापति हरिप्रसाद नेउपाने,पं रघुनाथ रिमाल, महेन्द्र भट्टराई” दुरगामी” , कृष्ण सुवेदी” निराकार” , अनिरुद्र सिटौला, तोसल दाहाल, गोपाल गिरी, सन्तोष अग्रवाल, गोपाल आचार्य,बागमती सफाई अभियानका अभियन्ता मदन कुमार पोखरेल,अनिता रिजाल, लता खरेल,बद्री वहादुर कार्की,कृष्ण पाठक,कृतिकारका आफन्तजनहरु लगायत यसक्षेत्रका साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि,विशेष अतिथि लगायत उपस्थित सवैलाई धन्यवाद ज्ञापन गर्दै आफूले उपन्यास लेख्नुको कार् र यसको पृष्ठभूमिका वारेमा प्रकाश पार्दै कार्यक्रम समापन गर्नु भएको थियो। ।
Trending Now
- वनिताद्वारा विभिन्न पुरस्कारको घोषणा
- कुलमान घिसिङ समर्थकको प्रदर्शन जारी, तस्बिरहरू
- डा. राजेन्द्र विमल प्रतिष्ठानद्वारा दुई सर्जक सम्मानित
- विश्व बैंकले नेपाललाई १५० मिलियन डलर सहयोग उपलब्ध गराउने
- Myanmar earthquake: Death toll rises to 1,644, rescue efforts challenged
- नेपालबाट चोरी भएर अमेरिका पुगेका २१ पुरातात्विक वस्तु स्वदेश ल्याइयो
- घोराहीमा बहुभाषिक काव्य उत्सव तथा स्रष्टा सम्मान
- सिलवालको ‘डोरम्याट’ कवितासंग्रहक माथि परिचर्चा सम्पन्न
- USAID ‘restructuring’ announced
- प्रकाशको ‘भेट भए छुट्न गाह्रो’ गीत सार्वजनिक
Comments are closed.