सापसद्वारा थाहा पुस्तकालयमा रेखा यादवको उपन्यास “आत्मजा”को परिचर्चा कार्यक्रम सम्पन्न साहित्यिक पत्रकार संघ (सापस)ले आज २०७९ असार २३ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा उपन्यासकार रेखा यादवको उपन्यास “आत्मजा”को परिचर्चा कार्यक्रमको आयोजना गर्यो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो परिचर्चा कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं अनुवादक मोहन सिटौला (अमेरिका) हुनुहुन्थ्यो । सिटौला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष पनि हुनुहुन्छ । सो परिचर्चा कार्यक्रममा प्रमुख अतिथि मोहन सिटौल, अध्यक्ष राधेश्याम लेकाली, अतिथि किशोर पहाडी, रेखा यादव, वरिष्ठ साहित्यकार प्रमोद प्रधान, उपन्यास समाज नेपालका अध्यक्ष वरिष्ठ आख्यानकार शंकर भारती, वरिष्ठ साहित्यकारहरु युवराज नयाँघरे र डा. दामोदर पुडासैनी, मुरारि सिग्देल, समालोचक डा. रमेश शुभेच्छुक, सखी प्रतिष्ठानकी अध्यक्ष साहित्यकार मन्जिला अनिल, कृतिका सम्पादक साहित्यकार विनोद विश्वकर्मालगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
Trending Now
- भूपाल राईको निबन्ध कृति ‘शब्द सायारेम’ लोकार्पण
- डा. अमर कार्कीको “क्षितिजपारी” कथासंग्रह लोकार्पित
- साहित्यिक पत्रिका ‘गरिमा’को कार्यकारी सम्पादकमा न्यौपाने
- इजरायलले रद्द गर्यो २७ फ्रान्सेली सांसदको भिसा
- २०औं दिनको शिक्षक आन्दोलन : सवारी ‘डाइभर्सन’,यात्रीलाई सास्ती
- प्रधानमन्त्रीद्वारा नेपालीमूलका कलाकारको प्रतिभाको सराहना
- कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
- राजेन्द्र लिङदेनसहित ७ जना रिहा
- हिमाली जिल्ला मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु
- ताप्लेजुङ बलेरो आगलागीः निधन भएका र घाइतेको पहिचान
Comments are closed.