Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भानुभक्तीय रचना वाचन कार्यक्रम आयोजना

Editorial Team by Editorial Team
July 12, 2022
in Literary Festival & Event
0
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भानुभक्तीय रचना वाचन कार्यक्रम आयोजना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२०७९ असार काठमाडौँ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा २०९ औँ भानुजयन्तीका अवसरमा ‘भानुभक्तको जीवनी विषयक प्रवचन तथा नयाँ पुस्ताबाट भानुभक्तीय रचना वाचन’ कार्यक्रम आयोजना गरियो । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नयाँ पुस्ताका बिचमा भानुभक्तलाई पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले विगतमा भानुजयन्तीमा कुनै एउटा विषयलाई लिएर भानु–विमर्श गर्ने गरिएकोमा यसपटक बालबालिकाद्वारा आदिकवि भानुभक्तको रचनावाचन गर्ने कार्यक्रम राखिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– “छन्दमा कविता सिर्जना गर्ने सीप विद्यार्थीले सिकून् भन्ने नै प्रज्ञा–प्रतिष्ठानको उद्देश्य हो र यसले कविता–साहित्यको प्रवद्र्धनमा समेत उल्लेखनीय योगदान दिनेछ भन्ने हाम्रो विश्वास रहेको छ ।” भानु बहुआयामिक व्यक्तित्व भएको र भौगोलिक सीमाभन्दा बाहिर गएर भानुजयन्ती मनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भाषा–संस्कृतिको एकताको बिम्बका रूपमा भानुभक्तलाई लिइने गरिएको बताउनुभयो ।
कार्यक्रमका सभाध्यक्ष तथा उपकुलपति डा.जगमान गुरुङले आयोजित कार्यक्रम पुस्ता हस्तान्तरणको सुन्दर नमुना भएको विचार व्यक्त गर्नुभयो । उहाँले भानुभक्तलाई विद्यार्थीका बिचमा पु¥याउने उद्देश्यले बालबालिका केन्द्रित कार्यक्रम गरिएको उल्लेख गर्दै प्रवचनकर्ताबाट भानुभक्तको जीवनीसम्बन्धी नयाँ कुरा आएको बताउनुभयो । उहाँले भानुभक्तजस्ता विलक्षण क्षमता भएका प्रतिभाहरूलाई राष्ट्रले खोजी खोजी सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको औचित्यमाथि प्रकाशसहित स्वागत मन्तव्य व्यक्त गर्दै सदस्य सचिव प्रा।जगत्प्रसाद उपाध्यायले नेपाली कविता–साहित्यका आदिकवि भानुभक्तको जन्मजयन्तीका अवसर पारेर भानु प्रतिष्ठानसँगको सहकार्यमा भानुजयन्तीसम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिएको बताउनुभयो । भानुभक्तले रामायण प्रश्नोत्तर, भक्तमाला जस्ता कृतिको सिर्जना गरेर नेपाली कविता–साहित्यमा ठुलो गुन लगाएको उल्लेख गर्दै उहाँले संस्कृत साहित्यमा समेत भानुभक्तको ठुलो योगदान रहेको बताउनुभयो । उहाँले भन्नुभयो– “भानुभक्तका कृतिले तत्कालीन समाजको वास्तविक प्रतिनिधित्व गरेकाका छन् । त्यसलाई अहिलेको समयसँग तुलना गर्न मिल्दैन । भानुभक्तमा उच्च दार्शनिक चेत, संस्कृतिप्रतिको उच्च अनुराग र आध्यामिकता रहेको पाइन्छ । तत्कालीन समाजमा रहेको प्रशासनिक ढिलासुस्तीलाई भानुभक्तले आफ्ना कवितामा व्यङ्ग्यात्मक हिसाबले प्रस्तुत गर्नुभएको सन्दर्भमा त्यसले अहिलेको समाजको समेत प्रतिनिधित्व गर्दछ । भानुक्तका रचनाले हामीलाई अगाडि बढ्न मार्गदर्शन गर्दछन् ।”
कार्यक्रमका संयोजक साहित्य ९लोकवार्ता र बालसाहित्य विभाग० प्रमुख डा। देवी नेपालले बालबालिकामार्फत भानुलाई अग्रज पुस्तासित जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै विभागद्वारा बालसाहित्यका विभिन्न विधामा नयाँ र महत्वपूर्ण कृतिहरू ल्याउन लागिएको जानकारी दिनुभयो । उहाँले भानुभक्तबारे अबको अध्ययन निकै गहनरूपले गरिनु पर्दछ भन्ने कुरा कार्यक्रमले प्रस्ट पारेको बताउनुभयो ।
कार्यक्रममा भानुभक्तको जीवनी विषयक प्रवचन राख्दै प्रा।डा। शर्वराज आचार्यले भानुभक्तका बारेमा गरिएको अध्ययनको सारसंक्षेप समेत प्रस्तुत गर्नुभएको थियो । भानुभक्तीय जीवनी र जीवनपरक गरी छ जनाले अध्ययन गरेको, विश्लेषणात्मक भानुजीवन दुई जनाले र शोधप्रबन्ध भानुजीवनी भारततर्फ तीन र नेपालतर्फ तीन जनाले अध्ययन गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– “नेपालमा भानुभक्तको जन्मजयन्ती मनाउने कार्यको सुरुवात वि।सं। २०१० सालबाट गोपाल पाण्डे असीमको सक्रियतामा सुरु भएको हो । भानुभक्तको जन्मजयन्तीका बारेमा इतिहास शिरोमणि बाबुराम आचार्यले समर्थन जनाएपछि असार २९ गतेका दिन उनको जन्मजयन्ती मनाउन थालिएको हो । अनुसन्धानबाट भानुभक्तको न्वारानको नाम चिन्तामणि आचार्य भएको पुष्टी भएको छ । भानुभक्तमा कानुनको उच्च ज्ञान रहेको र पिताजीको सेवामा समेत समय खर्च गरेका कारण सन्तान प्राप्तिमा समेत विलम्ब भएको पाइन्छ ।”
कार्यक्रममा राजधानीका विभिन्न विद्यालयका विद्यार्थीले भानुभक्तीय रचनावाचन गरेका थिए । एम्बिसन एकेडेमीकी छात्रा चक्षु भट्टराई, प्रज्ञा स्कुलका छात्र अवसर सुवेदी, भ्याली स्कुलकी छात्रा गरिमा घिमिरे, वेद विद्याश्रमका छात्र हेमन्त भट्ट, लिटिल एन्जेल्सकी छात्रा पलक ताम्राकार, संस्कृत मावि रानीपोखरीका छात्र सदृश सुवेदी र ज्ञानदीप शिक्षा सदनकी छात्रा दीपशिखा मुखियाले भानुभक्तीय रचनावाचन गरेका थिए । कार्यक्रमका अन्त्यमा विद्यार्थीहरूलाई कुलपति उप्रेतीले सहभागिताको प्रमाणपत्र प्रदान गर्नुका साथै नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित बालसाहित्यसम्बन्धी कृतिहरू उपहारस्वरूप प्रदान गर्नुभएको थियो ।

 

 

Advertisement Banner
Previous Post

२०९ औँ भानु जयन्तीमा काव्यगोष्ठी सम्पन्न

Next Post

Orientation Programme of IIM Jammu inaugural ceremony off to a positive start

Editorial Team

Editorial Team

Next Post
Orientation Programme of IIM Jammu inaugural ceremony off to a positive start

Orientation Programme of IIM Jammu inaugural ceremony off to a positive start

Recommended

देउवा नेतृत्वको कांग्रेसको चेतावनी – ओली र लेखकलाई तुरुन्त रिहा गर

देउवा नेतृत्वको कांग्रेसको चेतावनी – ओली र लेखकलाई तुरुन्त रिहा गर

3 weeks ago
Nepal Electricity Authority chief reviews progress of 140 MW Tanahu hydropower project

Nepal: New differentiated PPA rates introduced for reservoir-based hydropower

2 months ago

Don't Miss

पदम काफ्लेको उपन्यास ‘युग यात्रा’ लोकार्पित

पदम काफ्लेको उपन्यास ‘युग यात्रा’ लोकार्पित

April 16, 2026
साउदी अरबले अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने

साउदी अरबले अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने

April 16, 2026
पाकिस्तानको कूटनीतिक सक्रियता, अमेरिका–इरान संवाद अघि बढ्ने संकेत

पाकिस्तानको कूटनीतिक सक्रियता, अमेरिका–इरान संवाद अघि बढ्ने संकेत

April 16, 2026
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद

जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद

April 16, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.