Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

२०९ ओैँ भानु जयन्तीका अवसरमा प्रभातफेरी तथा प्रतिमामा माल्यार्पण कार्यक्रम सम्पन्न

Editorial Team by Editorial Team
July 14, 2022
in Feature
0
२०९ ओैँ भानु जयन्तीका अवसरमा प्रभातफेरी तथा प्रतिमामा माल्यार्पण कार्यक्रम सम्पन्न
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

आदिकवि भानुभक्त आचार्यको २०९ ओैँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा भानु प्रतिष्ठानसँगको सहकार्यमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाको प्रमुख आतिथ्य र माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्री जीवनराम श्रेष्ठको विशिष्ट आतिथ्यमा आज २०७९ आषाढ २९ गते बुधवार प्रभातफेरी तथा भानुभक्तको प्रतिमामा माल्यार्पण कार्यक्रम सुसम्पन्न भयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूतिहरुको अध्ययन र अनुसन्धान गर्न सरकार सहयोगका लागि सकारात्मक रहेको बताउनु भएको हो ।

 

उहाँले राष्ट्रिय विभूति भानुभक्तको योगदानको बारेमा नयाँ पुस्तालाई जानकारी दिनु आवश्यक रहेको बताउनु भयो । प्रधानमन्त्री देउवाले आदिकवि भानुभक्त आचार्यलाई श्रद्धा पूर्वक सम्मान गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले आदिकवि भानुभक्तले नेपालमा आफ्ना साहत्यिक कृतिहरुका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न प्रेरित गरेको बताउनु भयो । प्रधानमन्त्री देउवाले भानुभक्त नेपालीभाषाका आदिकवि मात्र नभएर सामाजिक र सांस्कृतिक जागरणका एक सशक्त धरोहरसमेत भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नु भयो, ‘भाषिक एकीकरणका नायक आदिकवि भानुभक्तबाट सिर्जित साहित्यिक रचनाले मेचीदेखि महाकालीसम्मको नेपाललाई एउटै भाषिक रुपमा आबद्ध गरी नेपालको राष्ट्रिय एकता थप मजबुत बनाउन ठूलो योगदान र्पुयाउनु भएको छ ।

 

विभिन्न राज्यहरुको विभाजित भुगोललाई एकीकरण गर्दै अघि बढेको तत्कालीन संघर्षपूर्ण नेपालमा आदिकवि भानुभक्त आचार्यले रामायण लगायतका रसिला साहित्यिक रचनाको माध्यमबाट आधुनिक चेतना र जागरण फैलाइ समाजमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी राष्ट्रिय एकताको भावनालाई सुदृढ तुल्याउन अतुलनीय योगदान र्पुयाउनु भएको हो ।

आफ्ना साहत्यिक कृतिहरुका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न, आदर्श चरित्रमा परिणत गरी भानुभक्त नेपालीभाषाका आदिकविमा त्रनभएर सामाजिक र सांस्कृतिक जागरणका एक सशक्त धरोहर हुनुहुन्छ । यस्ता राष्ट्रिय विभूति भानुभक्तको जन्मजयन्ती मनाउनु, उहाँको जीवनी र योगदानको चर्चा गर्नु, नयाँ पुस्तालाई उहाँको योगदानका बारेमा जानकारी दिनु र उहाँलाई श्रद्धापूर्वक सम्मान गर्नु हामी सबैको साझा दायित्व हो । राष्ट्रिय विभूतिहरुको विषयमा गरिने अध्ययन, अनुसन्धान, गोष्ठी, कार्यशाला प्रकाशन आदिका लागि सरकार आवश्यक सहयोग गर्न सकारात्मक छ ।’

प्रधानमन्त्री देउवाले आदिकवि भानुभक्तले आफ्ना साहित्यिक रचनाले मेचीदेखि महाकालीसम्मको नेपाललाई एउटै भाषिकरुपमा आबद्ध गरी नेपालको राष्ट्रिय एकता थप मजबुत बनाउन योगदान र्पुयाएको बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा प्रतिष्ठान प्राङ्गणमा रहेको आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गर्नुभएको थियो । भानुभक्तको जन्मजयन्तीको अवसरमा प्रज्ञा प्रतिष्ठानले प्रभतफेरी कार्यक्रम गरेको थियो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

Advertisement Banner
Previous Post

अनेसासले काव्यवाचन गरेर मनायो २०९ औँ भानु जयन्ती

Next Post

Standard Chartered renews LFC partnership

Editorial Team

Editorial Team

Next Post
Standard Chartered renews LFC partnership

Standard Chartered renews LFC partnership

Recommended

Election materials have reached all 165 constituencies across the country

Election materials have reached all 165 constituencies across the country

6 months ago
China offers Rs 580 million in aid for upcoming HoR election in Nepal

China offers Rs 580 million in aid for upcoming HoR election in Nepal

6 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.