मृत अवस्थामा फेला

काठमाडौं, ३२ असार

पाल्पा, रिब्दिकोट गाउँपालिका-५ मारबासस्थित हर्रेखरक सामुदायिक जंगलमा सोही ठाउँ बस्ने ७८ वर्षीय हुम कुमारी आले शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । घरबाट दाउरा खोज्न भनी गएकी उनी नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

इलाम, इलाम नगरपालिका-७ बस्ने ३२ वर्षीया रिता खत्री सोही ठाउँस्थित बजार छेउको खुल्ला स्थानमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

सप्तरी, सप्तकोशी नगरपालिका-५ गंगाजलीस्थित चन्द्रनहरको पानीमा सोही नगरपालिका-४ बलारदह बस्ने ७० वर्षीय लक्ष्मी सदा शनिबार मृत अवस्थामा फेला परेका छन् । सप्तकोशी नगरपालिका-४ तुलसीस्थित चन्द्रनहरतिर शुक्रबार साँझ गाई चराउन गएका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

भोजपुर, भोजपुर नगरपालिका-८ पोखरे बस्ने ६० वर्षीय सुर्य खत्री सोही नगरपालिका-६ स्थित खोल्सामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

डोटी, शिखर नगरपालिका-१ कफ्ललेकी बस्ने ४० वर्षीय भिम लुहार सोही ठाउँस्थित मतुलिपुल नजिक शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी डोटी, दिपायल सिलगढी नगरपालिका-८ सेटिगाउँ बस्ने ५० वर्षीय डिले बहादुर कडायत सोही नगरपालिका-८ स्थित खोल्सामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

झापा, गौरीगञ्ज गाउँपालिका-६ देविगञ्ज ढोवाबारीमा सोही ठाउँ मियाटोल बस्ने ४३ वर्षीय जिमारत मिँया शनिबार मृत अवस्थामा फेला परेका छन् ।

            काठमाडौं, काठमाडौं महानगरपालिका-२५ भेडासिंहस्थित सडकपेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.