Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Kathmandu

बनेपामा मासिक कविता वाचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

himalaya Diary News Service by himalaya Diary News Service
November 18, 2025
in Kathmandu, Literary Festival & Event, Literature
0
बनेपामा मासिक कविता वाचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

प्रगतिशील लेखक संघ (प्रलेस) काभ्रेले आयोजना गर्ने मासिक कविता वाचन तथा अन्तरक्रिया बनेपामा भएको छ । बनेपा–८ स्थित शिक्षक संगठनको हलमा गरिएको कार्यक्रममा यस महिनाका ‘स्रष्टा विशेष’ का रूपमा बनेपाका कवि तथा कथाकार विश्व सिग्देललाई प्रस्तुत गरिएको थियो । कार्यक्रम प्रलेस काभ्रेका अध्यक्ष कान्छामान लामा ‘रक्तिम’को अध्यक्षतामा भएको थियो भने प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य तथा इन्चार्ज गोविन्द शृङ्खला प्रमुख अतिथिका रूपमा उपस्थित रहे ।

कवि, निबन्धकार तथा कथाकारका रूपमा स्थापित सिग्देलले कार्यक्रममार्फत आफ्ना चार मनपर्ने कविता वाचन गरे। ती कविताले सामाजिक–राजनीतिक विसंगति, शोषण र असमानतामाथि तीक्ष्ण प्रहार गर्दै प्रकृतिसँगको असन्तुलन र मनुष्यको हस्तक्षेपप्रति सचेतना जगाउने सन्देश दिएका थिए। उनका कविताले वैश्वीकरण र भ्रष्ट संरचनाले थिचिएका दलित–वञ्चित समुदायका संघर्षलाई प्रभावकारी रूपमा चित्रण गरेका थिए ।

नेपाली साहित्यमा सक्रिय सिग्देलका प्रकाशित कृतिहरूमा एकल कवितासङ्ग्रह ‘तालीको समाजशास्त्र’, संयुक्त कथासङ्ग्रह ‘अवसेसन’ (२०१३) र संयुक्त कवितासङ्ग्रह ‘द प्राइमर्डियल सङ अफ लभ’ (२०२४) छन् । ‘वर्तमान कविता समूह’का सक्रिय सदस्य उनीका केही कविता अंग्रेजी तथा जर्मन भाषामा अनुवाद भई अन्तर्राष्ट्रिय पाठकसमक्ष पुगेका छन् । कविता वाचनको क्रममा सिग्देलले प्रलेस काभ्रेप्रति आभार व्यक्त गर्दै नियमित रूपमा आयोजना हुने यस्ता मञ्चहरूले सक्षम र प्रभावशाली स्रष्टा जन्माउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रमुख अतिथि शृङ्खलाले साहित्य समाजको दर्पण मात्र नभई मार्गदर्शक शक्ति पनि भएको उल्लेख गर्दै काभ्रे जिल्लाका स्रष्टाहरू प्रगतिशील चेतना र अभिव्यक्तिका माध्यमबाट नयाँ उचाइ हासिल गरिरहेको बताए। “यस्ता साहित्यिक कार्यक्रमहरूले स्रष्टाहरूलाई ऊर्जा, प्रेरणा र अनुशासन प्रदान गर्छन्,” उनले भने । शृङ्खलाले काभ्रेको माटोमा जन्मिएका कवि विश्व सिग्देलका कृतिहरू समकालीन नेपाली साहित्यमा विशेष स्थान बनाउन सफल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन प्रलेस काभ्रेका सचिव दिनेशराज खरेलले गरेका थिए । कार्यक्रममा रमी प्रिया, चन्द्रबहादुर लामा, केशवराज पौडेल, सञ्जय सुमन, डी.पी. आत्रेय, बलराम विष्ट, सौगत घिमिरे, शशीश्री आचार्य, हरिप्रसाद चौलागाईं, रामसुन्दर देउजा, केशव घिमिरे, सुशिला विष्ट, श्रीकृष्ण पाण्डे, मुरहरी रायमाझी, रक्तिम लामा, शुभद्रा अधिकारीलगायतका कविहरूले आफ्ना रचना वाचेका थिए ।

Advertisement Banner
Previous Post

प्रज्ञा–प्रतिष्ठानमा बान्तावा मुन्दुम’ सङ्कलन तथा लेखन विमर्श सम्पन्न

Next Post

‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८२’ साहित्यकार रमेश क्षितिजको आख्यान ‘एउटा मायी नगरमा’ लाई

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८२’ साहित्यकार रमेश क्षितिजको आख्यान ‘एउटा मायी नगरमा’ लाई

‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८२’ साहित्यकार रमेश क्षितिजको आख्यान ‘एउटा मायी नगरमा’ लाई

Recommended

Nepal Ambassador Khatri visited the personal art exhibition of Tsherin Sherpa at Virginia Museum of Fine Arts (VMFA) in Richmond

Nepal Ambassador Khatri visited the personal art exhibition of Tsherin Sherpa at Virginia Museum of Fine Arts (VMFA) in Richmond

4 years ago
India-Nepal cooperation: Agreement signed for implementation of seven community development projects

India-Nepal cooperation: Agreement signed for implementation of seven community development projects

4 months ago

Don't Miss

National Assembly meeting postponed, next session scheduled for August 12

National Assembly meeting postponed, next session scheduled for August 12

August 7, 2026
Gagan Thapa unveils five-year plan to attract IT investment, make Nepal a digital hub

Gagan Thapa says Nepali Congress will respect Supreme Court order on party legitimacy

August 7, 2026
Nepal PM Sher Bahadur Deuba to visit Sri Lanka for BIMSTEC summit

Deuba to attend Nepali Congress dissident faction’s August 13 meeting

August 7, 2026
University Grants Commission Chair Prof Dr Khadga Bahadur KC takes oath of office

University Grants Commission Chair Prof Dr Khadga Bahadur KC takes oath of office

August 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.