INTERPOL Project LEADER Policing Capabilities Table Top Exercise कार्यक्रम समापन

काठमाडौं, २० साउन

काठमाडौंस्थित र्‍याडिसन होटलमा संचालित INTERPOL Project LEADER Policing Capabilities Table top Exercise बिषयक कार्यक्रमको समापन प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भएको छ ।

Norwegian Ministry of Foreign Affairs को सहकार्यमा संचालित ३ वर्षे Project LEADER सम्बन्धी कार्यक्रममा नेपाल प्रहरीले विभिन्न समयमा Virtually तथा In-person रुपमा सहभागिता जनाउदै आईरहेकोमा हाल नेपालमा प्रत्यक्ष रूपमा सम्पन्न उक्त कार्यक्रममा INTERPOL Policing Capabilities, Digital Forensics, Use of Digital Forensics tools जस्ता विधामा प्रशिक्षण प्रदान गरिएको थियो । सो कार्यक्रमबाट प्रदान गरिएका विषयवस्तुलाई आगामी दिनमा सहभागीहरुले आ-आफ्नो कार्य क्षेत्रमा प्रयोग गरी Digital Evidence Handling, Information Sharing तथा अनुसन्धानको विधामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै सुरक्षित समाजको लागि प्रहरीहरुको सहकार्यमा थप मद्दत हुने अपेक्षा गरिएको छ ।

Norwegian सरकार, INTERPOL Project LEADER र नेपाल प्रहरीको सह-आयोजनामा एसिया तथा दक्षिणपूर्वी एसियाका नेपालसहित बंगलादेश, भुटान, ब्रुनाई, कम्बोडिया, माल्दिभ्स, मंगोलिया, श्रीलंका र भियतनामबाट Digital Forensics, National Centre Bureau, Investigations विधामा काम गर्ने २७ जना प्रहरी अधिकृतहरु सहित INTERPOL को Project LEADER का विशेषज्ञहरुको उपस्थितिमा साउन १६ गतेबाट उक्त कार्यक्रम संचालन भएको   थियो ।

Comments are closed.