काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति (एसएमसी) गठन नगर्ने पालिकामाथि कडा कदम चालिने चेतावनी दिएका छन् । नियमअनुसार समिति गठन गर्न सूचना जारी गरिए पनि केही पालिकाले मनोमानी ढंगले विद्यालय सञ्चालन गर्दै आएको मन्त्रालयको भनाइ छ ।
मन्त्री पुनका अनुसार समितिविहीन रूपमा विद्यालय सञ्चालन गर्ने पालिकाहरूलाई तुरुन्तै एसएमसी गठन गर्न पुनः निर्देशन दिइएको छ ।
“विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरू पनि रहेछन् । ती पालिकालाई नियमानुसार समिति गठन गर्न सूचना पठाइसकिएको छ । अन्यथा, उनीहरूका विद्यालयलाई प्रदान हुने संघीय अनुदान रोक्का गरिनेछ,” मन्त्री पुनले भने ।
उनका अनुसार एसएमसी नबनाउने पालिकाहरूको नाम संकलन गर्ने कार्य जारी छ ।







