सुष्मा दाहालको कवितासङ्ग्रह ‘मध्यान्तर’ लोकार्पण

काठमाडौं

साहित्यकार सुष्मा दाहालको कवितासङ्ग्रह ‘मध्यान्तर’ एक कार्यक्रमको आयोजना गरि लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार उशा शेरचनको प्रमुख आतिथ्यतामा  सम्पन्न उक्त लोकार्पण  कार्यक्रमको सभापतित्व साहित्यपोष्टका सम्पादक अश्विनी कोइरालाले गर्नुभएको थियो ।

प्रमुख अतिथि उशा शेरचन, अतिथिहरु क्रमशः गीतकार शान्तिराम भट्टराई,अधिवक्ता कृष्णप्रसाद घिमिरे,  कवि रेजिना आपगाईले लोकार्पित कविता सङ्ग्रहकी श्रष्टालाई शुभकामना  ब्यक्त गर्नुभएको थियो। सभापतिको आसनबाट साहित्यकार अश्विनी कोइरालाले विमोचित कविता सङ्ग्रहको कविता वाचन गर्नुका साथै शुभकामना ब्यक्त गर्नुभएको थियो ।

Comments are closed.