काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुङ्गानाको लेक लागेर ज्यान गएको छ ।
गुटेरेसको सुरक्षाका लागि कात्तिक १२ गते अन्नपूर्ण आधार शिविरमा पुगेका ढुङ्गानाको लेक लागेर ज्यान गएको कास्की प्रहरीले जनाएको छ । अन्नपूर्ण आधार शिविरबाट मंगलबार घान्द्रुक फर्कनु भएका ढुंगाना अन्नपुर्ण गाउँपालिका–११ स्थित हिमालयन होटेलमा बास बस्नु भएको थियो ।
बुधबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि एयर डाइनेस्टिको हेलिकप्टरबाट उहाँलाई पोखरा ल्याइएको थियो । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको लागि पुर्याइएकोमा उहाँलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
Comments are closed.