गृहमन्त्रीमाथि संसदीय छानबिनको माग गर्दै काठमाडौंमा राँके जुलुस

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलको अगुवाइमा काठमाडौंमा राँके जुलुस निकालिएको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै तरुण दलले शनिबार प्रदर्शनी मार्गमा राँके जुलुस निकालेको हो ।पार्टीले आइतबार काठमाडौंमा गर्न लागेको बृहत् प्रदर्शनको पूर्वसन्ध्यामा तरुण दलले सरकारविरुद्ध नारबाजी गर्दै राँके जुलुस निकालेको हो ।कांग्रेसले आइतबार काठमाडौंको भृकुटीमण्डपमा सरकारविरुद्ध बृहत् प्रदर्शन गर्ने तयारी गरेको छ ।

Comments are closed.