समावेशी राष्ट्रिय कविता महोत्सवमा ३६वटा मातृभाषाका कविता

काठमाडौँ,
नेपाल प्राज्ञ–प्रतिष्ठानले यही आसार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सवमा यस दशककै सर्वाधिक कविताहरू दर्ता हुन आएका छन्। महोत्सवमा इमेलबाट ८४८ र प्रत्यक्ष ४४वटा गरी ८९२वटा कविता प्रतिष्ठानमा दर्ता हुन आएका छन् ।
२०२२ सालदेखि सुरु गरिएको राष्ट्रिय कविता महोत्सवको इतिहासमा यो पछिल्लो दशक यता निरन्तर खस्किरहेको कविहरूको आकर्षण यसपल्ट एक्कासि उक्सिएको छ ।
५८ वर्षे लामो राष्ट्रिय कविता महोत्सवको परम्परा र प्रतियोगितात्मक ढाँचालाई परिवर्तन गरेर यसपटक देखि प्रज्ञा–प्रतिष्ठानले समावेशी सहभागितामूलक सिद्धान्तअनुसार सबै “नेपाली भाषा÷मातृभाषा÷का कविताहरूलाई आह्वान गरेको थियोे ।
“सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा –प्रतिष्ठान“ भन्ने नाराका साथ प्रज्ञा –प्रतिष्ठानलाई सारा नेपालीको साझा थलो बनाउने योजनाको प्रमुख कडी भनिएको छ ।यस राष्ट्रिय
कविता महोत्सवको यही नारालाई आत्सात् गरेर यसपटक यो दशककै सर्वाधिक सङ्ख्यामा कविहरूले महोत्सवमा सहभागिता जनाउन लागेका हुन । यसपटक राष्ट्रिय कविता महोत्सवमा नेपाली ,संस्कृत ,डोटेली,वाम्बुले राई, वान्तवा राई ,लिम्बु ,कुलुङ,अवधी,मगही,मगर (खाम),राजवंशी,उरावँ,मैथिली,ल्होमी,धिमाल,
माझी,कठरिया(थारू),पुमा राई,गुरूङ,नाछिरिङ,वायुङ÷बाहिङ,सामपाङ,नेपालभाषा, चाम्लिङ राई ,तामाङ,ताजपुरिया, शेर्पा, थुलुङ, दुङ्माली ,खस हुम्ली,घले गुरुङ, भोजपुरी, मध्य पूर्वीय थारू, पूर्वी थारू र थारू लगायतका मातृभाषामा रचिएका कविताहरू राष्ट्रिय कविता महोत्सवका लागि प्राप्त भएका छन् ।

Comments are closed.