बारामा बस खोलामा खस्दा १७ जना घाइते, ४ को अवस्था गम्भीर

हेटौंडा । बाराको ३ नम्बर पुल बजारस्थित पक्की पुलबाट यात्रुबाहक बस खोलामा खस्दा घाइते हुनेको संख्या १७ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले २ जना बालबालिकासहित १७ जना घाइते भएको जनाएको छ ।
प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीकाअुनसार घाइते हुनेमा दुई बालबालिका, १२ जना महिला र ३ जना पुरुष छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।धादिङबाट नारायणगढ हुँदै विराटनगर जाँदै गरेको ना ६ ख ९०३० नम्बरको बस मंगलबार अपरान्ह ३ नम्बर पुल बजार नपुग्दैको पक्की पुलबाट २० मिटर तल खोसामा खसेको प्रहरीले जनाएको छ ।दुर्घटनापछि इलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले घाइतेहरुको उद्दार गरी उपचारका लागि हेटौंडातर्फ पठाएको हो ।

Comments are closed.