Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Education

नेपाली भाषा एकीकरणका प्रतीक आदिकवि भानुभक्त आचार्यको २०९ जन्म जयन्ति

himalaya Diary News Service by himalaya Diary News Service
July 13, 2022
in Education, Feature, Kathmandu, Nepal
0
नेपाली भाषा एकीकरणका प्रतीक आदिकवि भानुभक्त आचार्यको २०९ जन्म जयन्ति
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

 

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २०९ औं जन्म जयन्ती हो । आदिकवि भानुभक्तको जन्मजयन्ती विश्वभर विविध कार्यक्रमको आयोजना गरि मनाइँदै छ ।

भानुभक्त आचार्य –वि=सं= १८७१ असार २९ – वि सं=१९२५ असोज ६_ नेपाली साहित्यका प्राथमिक(प्रथम) कालका प्रतिनिधि कवि हुन । भक्तिधारामा रामभक्ति धाराका प्रतिनिधि कवि भानुभक्तले वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहूँको रम्घामा भएको थिया । बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका यिनले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ ।

शतक अघि उदाएका नेपाली वाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन् । मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे । उनले नेपाली भाषा साहित्यलाई  भानले दिएका कृतिहरु प्रश्नोत्तर वि.सं. १९१०, भक्तमाला वि.सं १९१०,वधूशिक्षा वि.सं १९१९० रामायण ।

नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले नेपालको राष्ट्रिय विभूति जस्तो सम्मान पाएका हुन ।

पहिलोपटक मोतिराम भट्टले भानुभक्तलाई चिनाइ दिएपछि आजसम्म जसले जति लेखे पनि कुरा राष्ट्रिय एकताकै हो । भानु एकताका प्रतीक हुन् गौरव हुन् ।

भानुभक्त आचार्य नेपाली वाङ्मयकै विराट पुरुष हुन । नेपाली साहित्यिक इतिहासमा आदिकवि भानुभक्तको अमुल्य योगदान नेपालीको गौरव हो । जसको उदाहरण भारत सिक्किम, दार्जिलिंग तथा अन्य नेपाली भाषीहरुले भानु जयन्तिमा विभिन्न साहित्यिक कार्यक्रम गरि मनाउने साथै नेपाली रास्ट्रीय विभुतिका रुपमा  सम्मानित गरिन्छ ।  बहुभाषाभाषी हाम्रो मुलुकका जनतामा परस्पर सम्बन्ध सूत्र जोड्न आधार निर्माण गर्ने आधार व्यक्ति भानुभक्तको योगदान आज पनि नेपालमा उत्तिकै सान्दर्भिक छ ।

भक्तमाला र भानुभक्त आचार्य

प्रतिज्ञा मैले यो यमसित गर्याँ जन्मि अब ता।

सिताराम् भज्न्या छू विषयहरूमा छाडि ममता।।

प्रतिज्ञा सो बिर्सीकन जन धनै खोजि डुलियो।

सिताराम् भज्न्या हो शिव शिव उसै आज भुलियो।।१।।

 

सिताराम् भज्न्या छू भनिकन प्रतिज्ञा अघि गरी।

गयाको होस् आइस् कति दिन भजिस् भन् अघि सरी।।

यसो भन्नन् ख्वामित् मकन यमराज् तेस् बखतमा।

कसो भन्नू मैले भुलिकन रह्याँ एस् बखतमा।।२।।

 

गयो बालक् काल्को वय पनि उसै बालरसले।

यसै रित्ले यौवन् पनि बितिगयो मोहवशले।।

भयो वृद्धावस्था अझ पनि भजींदैन मनले।

कसो गर्नन् ख्वामित् मकन यमका दूतहरूले।।३।।

 

घडी दिन् पक्षै मास् ऋतु अयन यै काल गतिले।

घट्यो आयू मेरो विषय अझ खोज्दै छ मतिले।।

कृपानाथ् हे स्वामी अब कसरि संसार तरुँला।

कृपा राख्या जावस् नतर त अनाथ् बीच परुँला।।४।।

 

बडो दुर्लभ् जानोस् भरत भुमिको जन्म जनले।

सहज् मिल्छन् ठार्कु हरि भजि लिया शुद्ध मनले।।

बखत् यस्तो जानी हरिचरणमा मन् पनि धरोस्।

निरन्र्त श्रद्धाले हरि खुशि हुन्या दान् पनि गरोस्।।५।।

 

जगत्मा पृथ्वीका अधिपति बडा दौलाथि थिया।

मरण्का वेलामा बुझिलिनु ति क्या लीकन गया।।

निरन्तर यै सम्झी हरि भजि रहोस् शुद्ध मनले।

परन्तू हक् मन्र्यै छ त बटुलि क्या गर्नु धनले।।६।।

 

कडोरन्का मालिक् अघि पनि बडा वीर्हरू भया।

तिमध्ये जो जो हुन् हरि भजिलिन्या र्पा पनि गया।।

मरण्का वेलामा हरिबिु त क्या र्भ छ अरुको।

शरण् लेला सो नाथ् अधिपति अजामीलहरुको।।७।।

 

जगत्मा सब् ढुँड्दै सबकन विचार्या जन पनि।

बडा हूँ भन्याका घरघर सह्याको धन धनै।।

रह्या छन् कालैका वश परिरह्याका जन पनि।

बुझ्याँ मैले सब्को रिपुसरि भयाको पनि मनै।।८।।

 

मनुष्यै योनीमा यदि हरि भज्यो ता जन तर्यो।

अवश्यै फन्दामा हरिकन न भज्न्या पछि पर्यो।।

जगत्मा यो चाला बुझिकन विर्चा गर्नु जनले।

निरन्र्त ठार्क को चरणकमलै धर्नु मनले।।९।।

 

भजौँला भन्दैमा कति कति बित्यो जन्म जनको।

मरौँला भन्नाको अझ पनि विर्चा छैन मनको।।

अहो दैवी माया बडि बलवती जानि मनले।

विर्चा गर्दै गर्दै हरि भजिलिनू भक्त जनले।।१०।।

 

दया पाऊँ ख्वामित् विनति छ हर्जु का चरणमा।

नलागुन् पाशा र्फे मकन यमराज् का मरणमा।।

दयाले पो छुट्छन् सकल जनका दुस्खहरु ती।

उपायै क्यै छनन् कहिँ पनि दया देखि अरु ता।।११।।

 

भरोसा ख्वामित् को गरिकन रहन्छू दिनदिनै।

सहन्छू सब् आपत् जति जति त पर्छन् छिनछिनै।।

पर्याका पन्र्यै छन् मकन करुणा र्दू हुन गया।

सहज् मा टन्र्यै छन् मकन करुणा पो यदि भया।।१२।।

 

मुरारे ख्वामित् का चरणतलमा मन् न धरि ता।

बडो दुर्लभ् देख्याँ सकल जनको मुक्ति गति ता।।

विर्चा गर्छू क्यारूँ मन पनि बलैले हरि लिया।

दशेन्द्री डाँकूले बिच बिच पसी दुस्ख् पनि दिया।।१३।।

 

न कैल्हे भक्तीले गुरुचरणको ध्यान गरियो।

न ठार्कु को पूजा गरि तुलसिको पत्र धरियो।।

दया भो ख्वामित् को भनिकन भन्या पार तरियो।

अवश्यै साँचो हो नतर यमका पास परियो।।१४।।

 

पुकारा गर्दो छू घडि घडि रुँदो छू चरणमा।

दया छे ख्वामित् की म त हर घडी छू चरणमा।।

बिर्चा गथ्र्यो क्यारोस् भनिकन दया हुन्छ त पनि।

झलक् पाइ भुल्न्या होस् भनिकन रिसै हुन्छ त पनि।।१५।।

 

जगत् कोइ जान्दैनन् भनु त सबका बात् पनि भन्या।

पलक् र्भ ती योगी अघि सरि बडो ज्ञान कहन्या।।

उनै काम् गर्छन् ता यमपुरि महाँ चोट मिलन्या।

अहो यो क्या ले हो बुझिबुझि सबै लोक भुलन्या।।१६।।

 

भज्न राम् को ठूलो बुझिकन भजन् गर्नु जनले।

नभुल्नू कैल्हे यस् विषय सुखमा लागि धनले।।

अविश्वासी चोला कति रहन जाला बितिगया।

पछीतो खुप् होला जपतप विवेक् केही नभया।।१७।।

 

टहल् ठाकुर्जीको अलिकति यहाँ केहि नगरी।

गर्भी संर्सा सार्ग सहजसित र्पा पुग्नु कसरी।।

टहल् ठाकुर्जीको गरि लिन सक्यादेखि तरियो।

विपतका खानीमा नतर सहजै फेरि परियो।।१८।।

 

अनाथ् को नाथ मै हूँ भनिकन हँसीलो मुख गरी।

हरूँ यस् का पाप् ताप् भनिकन अगाडी पनि सरी।।

कृपादृष्टी नाथ्ले यदि दिनु भया तर्छु अहिले।

कृपादृष्टी वाहेक् तप गरि त र्पा तर्छु कहिले।।१९।।

 

अवीवेकी मूढो त्रुभुवनविषे को छ म सरी।

बिताञाँ व्यर्थै यस् विषयरसमा जन्म यसरी।।

कउन् ठूलो चिज् हो विषयरस यस् पाजि रसमा।

दिञाँ मैले यो मन् बुझिबुझि पर्या मोहवशमा।।२०।।

 

जगत् मा खुप् धाञाँ न त सुफल पाञाँ कहिं रती।

तपस्याको हानी हुनकन गयाको कहुँ कती।।

तपस्या गन्र्या काल् अघि बिति गयो क्यारुँ अहिले।

यसै योनीमा र्पा सहज न तर्या तर्नु कहिले।।२१।।

 

कटीको पीताम्र्ब करकमलका ककणहरू।

किरीट् कुण्डल् कौस्तुभ् तुलसि वनमालाहरु अरू।।

बलैले सम्झन्छू दृढ नरहन्या एक् क्षण पलक्।

कउन् दिन् मा देख्छू प्रभु हजुरको सुन्दर झलक्।।२२।।

 

राष्ट्रिय विभूति भानुभक्तप्रति हार्दिक श्रद्धासुमन ।

Advertisement Banner
Previous Post

Government of India has announced the following ITEC courses for Nepal to be held in India and E-ITEC courses scheduled in 2022

Next Post

National Assembly on Tuesday passed the ‘Acid and other Hazardous Chemical Substances (Regulation) law to regulate acid and hazardous chemical substances

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
19 newly elected members of National Assembly takes oath

National Assembly on Tuesday passed the ‘Acid and other Hazardous Chemical Substances (Regulation) law to regulate acid and hazardous chemical substances

Recommended

19 newly elected members of National Assembly takes oath

Nepal Parliament Forms 11 Membered Committee to Initiate Proceedings on Impeachment of CJ

4 years ago
Nepal Chief of the Army Staff Gen Prabhu Ram Sharma calls on Prime Minister Mr. Najib Azmi Mikati of Lebanon

Nepal Chief of the Army Staff Gen Prabhu Ram Sharma calls on Prime Minister Mr. Najib Azmi Mikati of Lebanon

4 years ago

Don't Miss

Cabinet’s  decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

Cabinet’s decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

August 11, 2026
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

August 11, 2026
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

August 11, 2026
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.