काठमाडौं । काठमाडौं उपत्यकालगायत स्थानमा वायु प्रदूषण बढेपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहर नजलाउन आग्रह गरेको छ ।हिउँदयाम लागेपछि क्रमशः वायु प्रदूषण बढ्दै गएपछि विभागले प्रदूषण नियन्त्रणका लागि आग्रह गरेको हो । विगत केही हप्तादेखि नेपालको तराई क्षेत्रलगायत काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ ।
विभागका अनुसार, वायु प्रदूषणको मुख्य कारणको रुपमा उद्योग कलकारखाना र सवारी साधनबाट निकाष्सन हुने धुवाँ, वन डढेलो, खुला रुपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणस्थलबाट उड्ने धुलो आदि हुन् ।वायु गुणस्तर सूचकांक शून्यदेखि ५० हुँदा राम्रो, ५१ देखि १०० सम्म मध्यम, १०१ देखि १५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ ।१५१ देखि २०० सम्म अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको संकेत गरिन्छ ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेष नजलाउन, सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्छामा स्वच्छ ऊर्जाको प्रयोग गर्न आग्रह गरेको छ ।
सडक तथा निर्माण स्थलहरुबाट उड्ने धूवाँ धुलोको यथोचित नियन्त्रण गर्न अनुरोध गरेको छ ।
Trending Now
- हेमराज सापकोटाको बारेमा लेखिएको पुस्तक सार्वजनिक
- पलेँटीमा गुन्जिँदै कालीप्रसाद रिजाल र आभास
- २०२५ को पहिलो सूर्यग्रहण भोलि लाग्ने
- राजावादीले गरे प्रहरीमाथि ढुंगामुढा : पानीको फोहोरा फ्याँकियो
- म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, बैंककसम्म धक्का महसुस
- Six tourists feared dead after submarine sinks in Red Sea
- Canadian Prime Minister Carney says all old ties with the US are over
- कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु
- प्रदर्शनलाई शान्तिपूर्ण बनाउन राजावादी र समाजवादी मोर्चालाई आग्रह
- शीर्ष दलका प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख :टुंगिएन ओलीले जवाफ दिने विषय
Comments are closed.