नेपाल सरकार र आइएलआरआई बीच सम्झौता

काठमाडाैं । नेपाल सरकार र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान(आइएलआरआई) संस्थानबीच सम्झाैता भएको छ।
कृषि तथा पशुपन्छी क्षेत्रको विकासका निम्ति सहकार्य गर्न बुधबार नेपाल सरकार र आइएलआरईबीच सम्झाैता भएकाे हाे ।
बुधबार काठमाडौंमा सरकारका तर्फबाट कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेल र आइएलआरआईका तर्फबाट सहायक महानिर्देशकले दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएकाे हाे ।
सम्झौताले पशुपन्छी अनुसन्धान र विकास, नवीन प्रविधि प्रबर्द्धन र यस क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउन दुवै निकायको प्रतिबद्धतालाई बलियो बनाउने मन्त्रालयको विश्वास छ ।
सम्झौताले पशुपालनमार्फत गुणस्तरीय जीविकोपार्जनमा योगदान पुर्‍याउँदै अनुसन्धान र विकासमा सार्वजनिक र निजी क्षेत्रको सहभागिताका लागि बलियो ढाँचा उपलब्ध गराउने अपेक्षा रहेको कृषि मन्त्री डा. बेदुराम भुसालले बताउनुभयाे ।

 

Comments are closed.