Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

आह्वान अभियानमा पाल्पाको साहित्यिक विमर्श

himalaya Diary News Service by himalaya Diary News Service
May 1, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
आह्वान अभियानमा पाल्पाको साहित्यिक विमर्श
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

१६ वैशाख, २०७९‘आह्वान अन्तरसंवाद साहित्यमा पाल्पा’ नाम दिई पाल्पामा एक अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।  आह्वानलाई नेपालभरी पु¥याउने उद्देश्यले सुरु गरिएको उक्त कार्यक्रम पाल्पाको साहित्यिक योगदान र साहित्यकारका विषयमा अत्यन्तै जानकारीमुलक रहेको थियो । कुमारी लामाको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा उमा सुवेदीले आह्वान संस्थाको गठन, प्रयोजन तथा महिला लेखनमा सशक्तीकरण ल्याउनमा संस्थागत रूपमै  भूमिका खेलेको सन्दर्भ उठाई काठमाडौँभन्दा बाहिर जोडिनुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको विचार व्यक्त गरन् । साहित्यकार विना थिङले मकवानपुर र पाल्पाको सन्दर्भ उठाई मोफसलमा सोचेको भन्दा बढी स्रष्टाहरू क्रियाशील रहेको सन्दर्भ जोडी काठमाडौँ सम्पूर्ण सत्ताको केन्द्र रहेको र त्यसलाई मोफसलले भत्काउनुपर्ने धारणा राख्दै असल पाठकको हातमा कृति पर्नु पनि स्रष्टाका लागि सौभाग्य हुने दृष्टिकोण प्रस्तुत गरेकी थिइन । साहित्यकार रञ्जना निरौलाले पाल्पाका कुरा सुन्दा आनन्दको अनुभूति भएको कुरा उठाउनुका साथै स्रष्टाले निरन्तर लेख्नुपर्छ र लेख्नका लागि पढ्नैपर्छ भन्ने विचार राख्दै आमा, म र छोरी शीर्षकको नारी संवेदना र चिन्तनमा केन्द्रित युगीन चेतना बोकेको कविता वाचन गरेकी थिइन् ।

 

सो अवसरमा पाल्पाली साहित्यका सम्बन्धमा प्रकाश पार्ने काम डा= शंकरप्रसाद गैरे, जनक कार्की, सरिता रेग्मी र टङ्क पन्थबाट भयो । सरिता रेग्मीले विशेष पाल्पासम्बद्ध नारी स्रष्टा र कृतिका बारेमा प्रकाश पारेकी थिइन् । डा= शंकरप्रसाद गैरेले पाल्पाली को हो < र साहित्यकार को हो भन्ने प्रश्न अनुत्तरित रहेको सन्दर्भ उठाई पाल्पासँग साइनो भएका सबै स्रष्टाहरू पाल्पाली भएको निष्कर्ष प्रस्तुत गरेका थिए । मोफसलमा बसेर भाषा साहित्यको सेवा गर्नुको तितो अनुभूतिलाई पनि उनले उठान गरेका थिए  ।  साहित्यकार जनक कार्कीले दुई जना पाल्पाली स्रष्टाहरूले मदन पुरस्कार पाएको सुखद पक्षलाई झल्काई युवा पुस्तालाई साहित्यिक अभियानमा जोड्न नसकिएको, पाल्पामा पठनसंसकृति हराउँदै गएको सन्दर्भ उठाएका थिए । देउराली समुहको पनि पाल्पाली कला साहित्यमा योगदान रहेको कुरा गर्दै साहित्यकार टंकप्रसाद पन्थले पाल्पाली साहित्यको ऐतिहासिक झलक उठाउनुका साथै, विभिन्न संस्था र व्यक्तिहरूको योगदानलाई सम्झाएका थिए  । पाल्पाली साहित्यको वर्तमान अवस्था र भविष्यको सम्भावना माथि संकेत गर्दै साहित्यकार स्वप्निल नीरव, रामप्रसाद अर्याल लगायत पाल्पाली साहित्यको सन्दर्भमा थप चर्चा गरिएको थियो ।

साहित्यकारहरू लक्षिमा ज्ञवाली, शारदा खनाल, गोमविक्रम क्षेत्री, युवराज पौड्याल, गोपाल काफ्ले, आयाम कार्की, विनोद उदय, ममता काफ्ले, राजीवकुमार शाहको उपस्थिति रहेको  थियो । उहाँहरूले परिचयको क्रमसँगै साहित्यप्रतिको रुझान र पाल्पाली साहित्यका क्षेत्रमा वर्तमानमा भएका गतिविधिलाई साङ्केतिक रूपमा उल्लेख गरेका थिए  ।

क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईले यति राम्रो कार्यक्रमको आयोजना गरेकामा आह्वान अभियान र मूलतः संयोजनको भूमिका निर्वाह गर्ने कुमारी लामालाई सोचेभन्दा राम्रो र अर्थपूर्ण कार्यक्रम रहेको कुरा गर्दै आह्वान अभियानसँग पाल्पाली साहित्य जोडियोस् , यहाँहरूका कलमले निरन्तरता पाओस् भन्ने शुभेच्छा भावसमेत उनले प्रकट गरेका थिए  । अन्त्यमा  साहित्यकार उमा सुवेदीले कर्म र जन्मले साहित्यकारको पहिचान जोडिन्छ भन्ने विचारका साथमा सत्ताको दम्भलाई पल्टाउने कुरामा हामी सचेत छौँ भन्ने अभिव्यक्तिका साथमा उपस्थित सबैप्रति धन्यवाद व्यक्त गरेकी थिइन । कार्यक्रमको समन्वय र सहजीकरण गर्ने काम आह्वानकी अभियन्ता कुमारी लामाबाट भएको थियो  ।

Advertisement Banner
Previous Post

रम्बास कवितासंग्रह …वरपिपल’ लोकार्पण

Next Post

दाहाल यज्ञनिधिका कविताहरू प्रकाशन

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
दाहाल यज्ञनिधिका कविताहरू प्रकाशन

दाहाल यज्ञनिधिका कविताहरू प्रकाशन

Recommended

अमेरिकामा शताब्दीकै ‘खतरनाक’ शीतलहर, तापक्रम माइनस ३१ डिग्रीसम्म झर्‍यो

अमेरिकामा शताब्दीकै ‘खतरनाक’ शीतलहर, तापक्रम माइनस ३१ डिग्रीसम्म झर्‍यो

2 months ago
EU – New Zealand Trade Agreement: Unlocking sustainable economic growth

EU – New Zealand Trade Agreement: Unlocking sustainable economic growth

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.