आज कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।
दिउँसो २ बजेदेखि सुरु हुने बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्दै छ । बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल हुने छ । बैठक दुई दिन चल्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरू र सरकारले ल्याएका अध्यादेशमाथि बैठकमा छलफल हुने छ ।

माघ १८ गतेबाट संघीय संसद्को अधिवेशन हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसक्नु भएको छ ।

Comments are closed.