रियाद । कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाउँदा अल हिलालसँग पराजित हुँदै अल नासर साउदी सुपर कपको सेमिफाइनलबाट बाहिरिएको छ । सोमबार भएको खेलमा अल हिलालले अल नासरलाई २–१ गोलले पराजित गरेको हो ।
खेलको ६१ औँ मिनेटमा सालेम अल दावसरीले गोल गर्दै अल हिलाललाई अग्रता दिलाएका थिए । ब्राजिलियन फरवार्ड माल्कमले ७२ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।
निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा रोनाल्डोले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सीमित बन्यो । इन्जुरी समयमा लिभरपुलका पूर्वफरवार्ड साडियो मानेले गोल फर्काए पनि त्यो सान्त्वना गोल मात्र बन्न पुग्यो ।
अब अल हिलाले बिहीबार हुने फाइनल खेलमा करिम बेन्जेमाको अल इतिहादको सामना गर्नेछ । टोलीले पहिलो सेमिफाइनल खेलमा अल वेहदालाई २–१ गोलले पराजित गरेको थियो ।
सुपरकपबाट बाहिरिएसँगै रोनाल्डो यो सिजन उपाधि विहीन बन्ने लगभग पक्का भएको छ । उनी सन् २०२३ मा साउदी क्लबसँग आबद्ध भएका थिए । यो सिजन अल नासर घरेलु कपसँगै एसियन च्याम्पिन्यस लिगबाट बाहिरिएको छ भने लिगमा पनि अल हिलालभन्दा १२ अङ्कले पछि परेको छ ।
Trending Now
- Taylor Swift becomes top woman of the year, earning $2 billion from music
- The Story of Drawing: An Alternative History of Art’ declared Book of the Year
- पोखरामा अन्जान एकल साँझ सम्पन्न
- Sichuan Airlines plane arrives in Pokhara with 126 passengers.
- Trump is serious about the Panma Canal and Greenland
- On Christmas Eve, Pope Francis launched the ‘Jubilee Year-2025’.
- कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
- Looking back at 2024 elections across the globe
- उद्धव सापकोटाको निबन्धसंग्रह “संस्मरणमा जीवन यात्रा” सार्वजनिक
- यो सरकारले पनि आमनागरिकको अपेक्षाकृत ढङ्गबाट काम गर्न सकेन भने अरू आशा गर्न सक्ने परिस्थिति हुँदैन : प्रदीप पौडेल
Comments are closed.