अल कायदाले जम्मु कश्मीरमा आक्रमण गर्ने योजना बनाउँदै छ: राष्ट्र सङ्घ

काबुल । आतङ्कवादी सङ्गठन अल कायदाले जम्मु कश्मीर, बङ्गलादेश र म्यानमारमा आफ्नो उपस्थिति स्थापित गर्न खोजिरहेको जनाइएको छ।

आतङ्कवादी हमलाहरू सजिलै गर्न सकुन् र आफ्नो प्रभाव विस्तार गर्न सकियोस् भन्नाले तीन देशमा आफ्नो उपस्थिति स्थापित गर्न खोजिएको संयुक्त राष्ट्र सुरक्षा परिषद्को अनुमान छ ।

राष्ट्र सङ्घको रिपोर्टका अनुसार भारतीय उपमहाद्वीपमा अलकायदाका २०० लडाकुहरू रहेका छन् र तिनीहरूका नेता आतङ्कवादी ओसामा महमूद हुन्।

अल कायदा त्यही सङ्गठन हो, जसले अमेरिकामा  आतङ्कवादी हमला गराएको थियो। यस आक्रमणमा करिब ३ हजार मानिसको मृत्यु भएको थियो ।

सन २०२२ मा पूर्व बीजेपी नेता नुपुर शर्माले पैगम्बर मोहम्मदको बारेमा विवादास्पद बयान दिएकी थिइन्। यसपछि सोही सङ्गठनले भारतका ४ राज्यमा आत्मघाती हमलाको धम्की दिएको थियो । रिपोर्टका अनुसार हाल अलकायदा लगभग ६५ देशमा सक्रिय रहेका छन् ।

Comments are closed.