राजदूत छान्न रास्वपाद्वारा खुला आह्वानमार्फत् ७ जनाको प्रारम्भिक सूची तय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो भागमा परेका दुई राजदूत छान्न खुला आह्वानमार्फत् सात जनाको नाम प्रारम्भिक सूची तय गरेको छ ।रास्वपाले राजदूतहरूको सिफारिसका लागि सम्भावित नाम सुझाउन अनलाइन फारम र इमेलमार्फत् आह्वान गरेकामा २४० जनाको आवेदन परेको थियो । पार्टीको अन्तर्राष्ट्रिय विभागले तीमध्येबाट सात जनाको सूची तयार पारेर सभापति रवि लामिछानेलाई बुझाएको हो । सूचीमा परेका सात जनाको नाम भने सार्वजनिक गरिएको छैन । सभापति लामिछानेले सूचीमा रहेका व्यक्तित्वहरूसँग आवश्यक छलफल गरी दुई जनाको नाम तय गर्न पार्टी उपसभापति स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिनु भएको खनालले जानकारी दिनुभयो । सत्ता गठबन्धनमा भएको सहमति अनुसार एमालेबाट पाँच, अशोक राई नेतृत्वको जसपाबाट दुई र माओवादी केन्द्रबाट एक जना राजदूत सिफारिस भइसकेका छन् ।
Leave A Reply

Your email address will not be published.