Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०२५ अर्पण तथा : स्रष्टा सम्मान र पुस्तक लोकार्पण

Editorial Team by Editorial Team
January 18, 2026
in Awards, Literary Festival & Event, Nepal, News
0
अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०२५ अर्पण तथा : स्रष्टा सम्मान र पुस्तक लोकार्पण
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरकोआयोजनामा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०२५ अर्पण तथा पुस्तक गृह लोकार्पण कार्यक्रम सम्पन्न गरिएको छ। काठमाडौंस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा भव्य रूपमा सम्पन्न भएको उक्त कार्यक्रम अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा सम्पन्न गरिएको थियो। कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, अनेसास पूर्व अध्यक्ष तथा वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, बाबा बस्नेतलगायत विशिष्ट साहित्यिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको प्रारम्भमा अनेसास केन्द्रीय पुरस्कार समिती सदस्य तथा अनेसास निवर्तमान अध्यक्ष सन्ध्या पहाडीले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन्।
त्यसपछि साहित्यकार महेश पौडेलले लोकार्पित पुस्तकहरूमाथि गहिरो समीक्षा प्रस्तुत गर्दै ती कृतिहरूले महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक चेतना र योगदानलाई बुझ्न महत्वपूर्ण आधार प्रदान गर्ने बताए।
अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकालीले अनेसास सर्वोत्कृष्ट पुरस्कार प्रायः देवकोटा जयन्तीका अवसरमा अमेरिकामा प्रदान गरिँदै आएको स्मरण गराउँदै हरेक वर्ष अमेरिका जान नसक्ने स्रष्टाहरूलाई समेट्ने उद्देश्यले नेपालमै पनि पुरस्कार कार्यक्रम आयोजना गरिँदै आएको जानकारी दिए।
त्यसैगरी साहित्यकार प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलले पुरस्कृत स्रष्टाहरूलाई बधाई दिँदै आफ्नै विद्यार्थी तथा सहयात्री स्रष्टाहरूलाई पुरस्कार अर्पण गर्न पाउँदा आत्मिक सन्तोष मिलेको बताए। पठन संस्कृतिमा कमी आएको भन्ने चर्चा भइरहे पनि अर्कोतर्फ साहित्यिक रुचि र अध्ययन विस्तार हुँदै गएको अनुभूति आफूले गरेको उनले बताए।
कार्यक्रममा प्रमुख अतिथि भूपाल राई, अध्यक्ष राजेन्द्र केसीलगायत उपस्थित विशिष्ट व्यक्तित्वहरूले साहित्यिक सिर्जनाको महत्व, स्रष्टाको सम्मान र नेपाली साहित्यको उज्ज्वल भविष्यप्रति विश्वास व्यक्त गर्दै शुभकामना मन्तव्य राखेका थिए। लोकार्पित पुस्तक र पुरस्कार अर्पणको सन्दर्भमा साहित्यकार महेश पौडेलले पुनः विस्तृत रूपमा प्रकाश पारेका थिए।
एक हजार अमेरिकी डलरसहितको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०२५ प्राप्त गर्ने स्रष्टाहरू यसप्रकार रहेका छन्—

मोमिला जोशी (निबन्ध)
रोशन थापा ‘नीरव’ (उपन्यास)
डा. दुर्गा बहादुर घर्ति (संस्कृति)
कृसु क्षेत्री (कविता सङ्ग्रह)
लक्ष्मण सिटौला (गीत रचना)
शशिराम कार्की (लोककथा)
अनेसासका केन्द्रीय सभापती पदम विश्वकर्माले वासिङ्टन डीसी, अमेरिकाबाट पठाएको शुभकामना सन्देश निर्मल रमण पराजुली अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष निर्मल रमण पराजुलीले पढेर सुनाएका थिए |
कार्यक्रमको सञ्चालन साहित्यकार सुमन वर्षाले सजीव, शालीन र आकर्षक शैलीमा गर्दै दर्शक तथा श्रोताहरूलाई मंत्रमुग्ध बनाएकी थिइन्।

Advertisement Banner
Previous Post

Prestigious Kalinga Literary Award to Nepal writer, curator Ranjana Niraula

Next Post

नेपालको जलविद्युत क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी, निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी

Editorial Team

Editorial Team

Next Post
नेपालको जलविद्युत क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी, निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी

नेपालको जलविद्युत क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी, निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी

Recommended

US President Joe Biden signs the breakthrough gun safety legislation

US President Joe Biden signs the breakthrough gun safety legislation

4 years ago
JICA Nepal fosters global volunteer collaboration

JICA Nepal fosters global volunteer collaboration

1 month ago

Don't Miss

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

March 25, 2026
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

March 25, 2026
थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

March 25, 2026
महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.