काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी च्याप्टरले जर्मनीको फ्रांकफर्टमा वसन्त पञ्चमीको अवसर पारेर नेपाली साहित्यिक समारोहको आयोजना गरेको छ ।
उक्त अवसरमा लामो समयदेखि जर्मनीमा रहेर नेपाली भाषा–साहित्यका माध्यमबाट समुदायमा योगदान पुर्याएबापत अवैतनिक नेपाली महावाणिज्यदूत रामप्रताप थापालाई विशेष सम्मान र कार्यक्रममा सहयोग पुर्याउने होटल ट्रिप इनका तर्फबाट ‘एनआरएनए’का पूर्वअध्यक्ष कुमार पन्तलाई कदरपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा जर्मनीका लागि नेपालका राजदूत डा. शैल रुपाखेतीले सम्मान तथा कदरपत्र प्रदान गरे । उक्त कार्यक्रममा साहित्यकारहरू पञ्चम अधिकारी, ब्रह्मदत्त वाग्ले, गोपाल दाहाल, सागर फुयाल, लीलाराज कार्की, शिशिर परियार, मनोजकुमार यादव, सौरभ कर्ण, दिनेश प्रधान, यज्ञ अधिकारी, कृतन गौतम, सुमन सिम्खडा, हरि हुमागाईं, अजित खड्का, ईनेशराज सुवेदी, बाबुराम भण्डारी, मनोजबाबु पनेरू, कपिल अर्याल, लुकास लुइँटेल, रविकिरण काफ्ले, सञ्जय पौडेल, विमल रानाभाटलगायतले कविता वाचन गरे ।
कार्यक्रममा कविता वाचनसँगै हाजिरी जवाफ र पुस्तकमाथि अन्तरक्रिया गरिएको कवि सागर फुयालले बताएका छन् । उक्त अवसरमा राजदूत डा. रुपाखेती, साहित्यकार जीवा लामिछाने र अनेसासका केन्द्रीय उपाध्यक्ष डिल्ली अम्माईलगायतले भाषा साहित्यमाथि बोलेको फुयालले जानकारी दिए ।
Trending Now
- नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार “नवप्रज्ञापन”लाई
- रूसी क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन
- International conference on sustainable tourism to be held in Kathmandu
- US to impose travel ban on 41 countries, including Bhutan
- राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै, आन्दोलन तयारी र रणनीति बनाउने
- अनेसासका पिता सुवेदीलाई नेपाली डायस्पोरा स्वर्ण तारा सम्मान र चार शोककाव्यको विमोचन
- अन्जानका एकल गजलसङ्गै शान्ति गजल साँझ सम्पन्न
- British PM urges to keep pressure on Putin for Ukraine ceasefire
- Musk’s dream of human settlement on Mars is getting closer, aiming for landing by 2029
- पूर्वविशिष्टलाई कानून बनाएर आजीवन सुविधा दिने तयारीप्रति प्रमुख प्रतिपक्षीको विरोध
Comments are closed.